२५ वर्षपछि प्राविधिक एसएलसी खारेज ।
काठमाडौं । प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभीटी) ले प्राविधिक एसएलसी (टिएसएलसी) कार्यक्रम संचालन गरेको २५ वर्षपछि सो विषय खारेज गर्ने भएको छ । यो शैक्षिक सत्र वर्षपछि उक्त कार्यक्रममा भर्ना बन्द गरिने भएको छ ।
परिषद्ले शैक्षिक सत्र वर्ष २०७६/२०७७ का लागि अन्तिम पटक भर्ना खोलेको जनाएको छ । परिषदका सदस्य सचिव पुष्परमण वाग्लेले चिकित्सा शिक्षा आयोगको बैठकले भर्ना खोल्न स्वीकृत दिए लगत्तै अन्तिम पटकका लागि भर्ना खोलेको दाबी गर्नुभयो ।
तर राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ को परिच्छेद ५ को आशयपत्र , सम्बन्धन तथा प्रत्यायनको दफा १५ को उपदफा ४ मा ऐन प्रारम्भ भएपछि परिषदले प्रमाणपत्रतह भन्दा मुनीका स्वास्थ्य शिक्षा सम्बन्धी कुनैपनि प्राविधिक कार्यक्रम संचालन गर्ने छैन भन्ने विषय उल्लेख भएकाले परिषदले टिएसएलसीको अन्तिम भर्ना खोलेको खबर आजकाे नेपाल समाचारपत्रमा खबर छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


