२५ वर्षपछि प्राविधिक एसएलसी खारेज ।

काठमाडौं । प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभीटी) ले प्राविधिक एसएलसी (टिएसएलसी) कार्यक्रम संचालन गरेको २५ वर्षपछि सो विषय खारेज गर्ने भएको छ । यो शैक्षिक सत्र वर्षपछि उक्त कार्यक्रममा भर्ना बन्द गरिने भएको छ ।
परिषद्ले शैक्षिक सत्र वर्ष २०७६/२०७७ का लागि अन्तिम पटक भर्ना खोलेको जनाएको छ । परिषदका सदस्य सचिव पुष्परमण वाग्लेले चिकित्सा शिक्षा आयोगको बैठकले भर्ना खोल्न स्वीकृत दिए लगत्तै अन्तिम पटकका लागि भर्ना खोलेको दाबी गर्नुभयो ।
तर राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ को परिच्छेद ५ को आशयपत्र , सम्बन्धन तथा प्रत्यायनको दफा १५ को उपदफा ४ मा ऐन प्रारम्भ भएपछि परिषदले प्रमाणपत्रतह भन्दा मुनीका स्वास्थ्य शिक्षा सम्बन्धी कुनैपनि प्राविधिक कार्यक्रम संचालन गर्ने छैन भन्ने विषय उल्लेख भएकाले परिषदले टिएसएलसीको अन्तिम भर्ना खोलेको खबर आजकाे नेपाल समाचारपत्रमा खबर छ ।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…