स्याङजाको गल्याङमा तिन दिने बृहत निशुल्क योग तथा विशेषज्ञ आयुर्वेद शिविर सुरु ।

नारायण विश्वकर्मा / गल्याङ् :
गल्याङ नगरपालिका ३ गल्याङ बजारमा बुधवार देखि बृहत निशुल्क योग तथा विशेषज्ञ आयुर्वेद शिविर सुरु भएको छ । ‘स्वस्थ जीवन’ अभियान अन्तर्गत गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको आयोजनामा शिविर सुरु भएको हो ।


शिविरको उद्घाटन गर्दै गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले आधुनिक जीवनशैली र अव्यवस्थीत खानपानका कारण दिन प्रतिदिन अल्पायुमै रोगि हुनेको संख्या वढिरहेको अवस्थामा निशुल्क योग शिविरले महत्वपुर्ण सहयोग पुराउने बताउनुभयो ।
स्वास्थ्य प्रर्वद्धन र नसर्ने रोग नियन्त्रणका लागि मन्त्रालयले निशुल्क योग शिविर तथा विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर संचालन गरेको मन्त्रालयका कार्यक्रम संयोजक नविन किरण भुसालले जानकारी दिनुभयो । संयोजक भुषालले नसर्ने रोगको प्रकोप बढ्दै गएकाले अकालमै मृत्यु हुनेको संख्यामा कमि ल्याउन उद्देश्यले शिविर सुरु गरिएको बताउनुभयो ।
शिविरमा बिशेषज्ञ आयुर्वेद चिकित्सकबाट निशुल्क स्वास्थ्य परिक्षण, निशुल्क औषधि वितरण प्रयोगशाला लगाएतका सेवा छन । तिन दिनसम्म दिनको दुई घण्टा सञ्चालन हुने शिविरमा डा. योगी विकासानन्द जीले प्रशिक्षण गर्नुहुने छ । विशिवरमा १५० भन्दा बढि सहभागी छन ।

yog sibir-gyalang


यसैबिच २७ गते शुक्रबारका दिन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विशेषज्ञ आयुर्वेद चिकित्सकहरुबाट निशुल्क स्वास्थ्य परिक्षण, निशुल्क औषधि वितरण प्रयोगशाला सेवा सहित विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर हुने बताइएको छ ।

Facebook Comments Box
TOP