स्याङ्जामा ४ सय ५८ जना शिक्षक परे कार्बाहीमा ।

सुशील सुबेदी /स्याङ्जा :
समाजमा शिक्षकलाई नियम पालकको रुपमा हेरिन्छ । केही नजाने शिक्षकले सबै जानेका हुन्छन् भन्ने र सोधि हाल्ने प्रवृत्ति हाम्रो समाजमा अझै पनि कायम नै छ । गाउँ घरमा समस्या पर्दा शिक्षक बाबुलाई थाहा हुन्छ यसको नियम र कानुुन भन्ने आमा हरु अझै पनि छन् ।
तर तिनै शिक्षक नियम र कानुनको उल्लङ्घन गर्ने गरेको पाईएको छ । कुनै पनि सार्बजनिक पद धारण तथा नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीले आफ्नो सम्पती बिबरण भर्नुपर्ने नियम भए पनि स्याङजाका शिक्षकले उक्त फर्म नभरेको भेटिएको छ । आर्थिक वर्ष ७५ /७६ को भाद्र मसान्त सम्म सम्पती बिबरण भर्नुपर्ने १ हजार ८ सय शिक्षक मध्ये ४ सय ५८ जना शिक्षकले नभरेपछी कारवाहीको प्रकृया थालिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ ले सम्पत्ती बिबरण नबुझाउने सरकारी कर्मचारी तथा सार्बजनिक पदधारण गरेका कर्मचारीलाई कारवाही गर्ने व्यवस्था गरेको छ ।
नेपाल सरकारको शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले परिपत्रनै जारी गर्दै कानुनी प्रकृया अगाडि बढाएको हो । कुनै पनि स्थाई शिक्षकले प्रत्येक बर्षको भाद« मसान्त सम्म आफ्नो सम्पत्ती को बिवरण खुल्ने गरि फर्म भर्नुपर्ने प्राबधान रहेको छ । प्राबधान अनुशार भएको नभेटिएपछि मन्त्रालय, कर्मचारी प्रशासन तथा सुशासन प्रबद्र्धन शाखा अन्तर्गत शिक्षा बिकाश तथा समन्वय ईकाईका शाखा स्याङजालाई परिपत्र पठाईएको हो ।
सम्पत्ती बिबरण फारम नभर्ने र तोकिएको समय भित्र पेश नगर्ने शिक्षकलाई यथाशिघ्र पाँच हजार जरिबाना सहित शिक्षा बिकाश समन्बय ईकाई मार्फत बिद्यालय शिक्षा किताब कारखानामा बुझाउने गरि परिपत्र जारी गरिएको हो । शिक्षा बिकाश तथा समन्वय ईकाईका शाखा अधिकृत निलकण्ठ ढकालले भन्नुभयो , ‘बिबरण नबुझाएका शिक्षकहरुलाई स्थानीय तहको शिक्षा शाखा मार्फत खबर गर्ने र कारवाहीको प्रकृया अगाडि बढाउँनेछौँ । ’ । निबृत कर्मचारीको हकमा भने निबृत भएको बिबरण मात्र माग गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ अनुशार उनीहरुलाई दफा ३१ (क) को उपदफा (२) बमोजिम पाँच हजार जरिबाना गरि सम्पती बिबरण पेश गर्ने गराउने नियमअनुशार मातहतको मन्त्रालायले परिपत्र जारी गरेको हो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


