स्याङजाको सार्बजनिक मा बि सहित देश भर ८४ नमुना बिद्यालय छनौट ।

सुशील सुबेदी/स्याङ्जा :

नेपाल सरकार शिक्षा , विज्ञान तथा प्रबिधि मन्त्रालयले यस बर्ष ८४ वटा नमुना बिद्यालय छनौट गरेको छ । सरकारले ७६—८६ को एक दशकलाई सार्बजनिक बिद्यालय सुधार गर्ने दशकको रुपमा लिईरहेको बेला स्याङजाको गल्याङ नगरपालिका वडा नम्वर १ मालुङ्गामा रहेको सार्बजनिक माध्यामिक बिद्यालय  सहित ६९ जिल्लाका ८४ बिद्यालय छनौट भएका हुन् । 

बिद्यालय क्षेत्र बिकाश कार्यक्रम अन्तर्गत ७३/७४ देखि ७९/८० सम्म देशभर एक हजार नमुना बिद्यालय उल्लेख गर्ने योजना सरकारको छ । हालसम्म २२२ बिद्यालयहरु छनौट भई गुरुयोजना सहित नमुना बिद्यालयको बिकाशमा लागिरहेका छन् ।

निर्बाचन क्षेत्रगत रुपमा १६ बिद्यालय छनौट भैसकेका छन् । गत चैत्र ५ गते स्थनिय तहगत रुपमा आबेदन दिएका बिद्यालयहरुको मुल्याङ्कन पश्चात असार २७ गतेको मन्त्रीस्तरको निर्णयले ८४ बिद्यालय छनौट  गरेको हो । 

प्रत्येक स्थानिय तहमा कम्तिमा एक नमुना बिद्यालय पर्ने गरि सरकारले शैक्षिक गुणस्तर बृद्धी तथा शैक्षिक सुधारको अबधारण अघी सारेको छ । 
त्रिभुवन आदर्श माबी स्याङजा , त्रिसहिद माबी पंचमुल , रणवीर जनहीत माबी खहरे , महेन्द« माबी जगत भञ्जयाङ , भगबती माबी मिर्मी  र गंगालाल माबी चापाकोट यस अघी नै नमुना बिद्यालयको रुपमा छनौट भैसकेका छन्  । 


स्थनिय तहगत रुपमा आबेदन दिएका बिद्यालय मध्ये गल्याङ स्थित सार्बजनिक बिद्यालय पनि नुमनाको छनौटमा परेको  शिक्षा बिकाश तथा समन्बय ईकाई का शाखा अधिकृत निलकण्ठ ढकालले बताउनु भयो । सार्बजनिक माध्यामिक बिद्यालयले एस ई ई परिक्षामा  उत्कृष्ट नतिजा ल्याएको बताउँदै , आईसिटी बेस्ड एजुकेश्नल प्रणालीमा प्रबेश गर्न खोजेको बिद्यालयका प्रधानाध्यापक चुडामकणी पाण्डेले बताउनु भयो । सार्बजनिक माबी नमुना बिद्यालयमा छनौट भए पश्चात छात्राबास , प्राबिधिक कक्षा संञ्चालन गर्ने भबन , आई सि टी बेसड एजुकेशन प्राथमिकतामालाई प्राथमिकतामा राखेको बताउनु भयो । 

अहिले सिटी भि टी अन्तर्गत ३ बर्षे डिप्लोमा बालि बिज्ञान समेत संञ्चालन छ । हाईटेक नर्सरी निर्माण गरिएको छ भने बिद्यार्थी मैत्री खेलमैदान समेत निर्माण गरिने पाण्डेको भनाई छ । जिल्लाभर ५११ सामुदायीक बिद्यालय छन् ।  
Facebook Comments Box
TOP