हतारको काम टिकेन, निर्माण गरेको दुई दिनमै लच्कियो रामपुर नहर

(रामपुर) पाल्पा
निर्माण गरेको दुई दिनमै नहर लक्किएपछि रामपुरबासीले नहरको निर्माण कार्य प्रति चिन्ता ब्यक्त गरेका छन् ।


प्रदेश सरकारले रामपुर फाँट सिचाई आयोजनाको पुन निर्माण गर्ने उद्देश्यले १० करोड वजेट छुट्याएको थियो । ब्रदर्श कन्ट्रयाक्याटीङ्ग एण्ड कन्स्ट्रक्सन प्रा लि , महादेव खिम्ती कन्स्ट्रक्सन, डी कैलाश कन्स्ट्रक्सन तिन कन्स्ट्रक्सनलाई ठेक्का परेपछि गत जेठबाट काम सुरु गरिएको हो । 
बजेट दश करोड भए पनि ७ करोड ५१ लाखको ठेक्कामा काम सुरु भएको हो । छ खण्डमा बाडिएको रामपुर सिचाई खण्डको अमौली कुलो मुनि रजघरामाथि करिव ७० मिटर लगाईएको पर्खाल भत्किएको छ ।


रामपुर फाँट सिचाई आयोजनाका उपभोक्ता समितिका सचिव मधुपाठकका अनुसार ठेकेदारको कमजोरी र समयमा काम सुरु नभई ढिलो काम हुदा साथै पर्खालमा सपोट नभएकोले यस्तो भएको हो ।स्थानियको भनाईलाई लिने हो भने ठेकेदार र ईन्जिनियर मिलेर राम्रो काम नगरेको कामका विषयमा सोध्दा ईन्जिनियरले धम्काउने स्टमेट अनुसार भएन भन्दा अपशब्द वोल्ने गरेको स्थानीयको आरोप छ ।


यहि बिषयमा यसलाई प्राविधिक रुपमा हेर्दै आएका सिंचाई डिभिजन कार्यालय पाल्पाका प्रमुख श्रीधरप्रसाद भट्टराईले पनि सोहि कुरालाई दोहो¥याउदै केहि ठेकेदारको कमिका कारण यो कोल्टिएको बताए ।


उनले असार २९ गते सम्म काम भएको नहरमा पानीको बहाव र आरसिसी सेट नभएको कारण पनि यसरी भत्किएको बताए । काम अझै बाँकी नै रहेको अवस्था हो र अहिले सम्म ७० प्रतिशत मात्र बजेट विनियोजन भएको साथै काम सम्पन्न नभए सम्म अरु रकम नदिने भन्दै अहिले बर्षा किसानले खेति लगाउनु पर्छ कार्तिक पछि पुष सम्म काम सम्पन्न गर्ने उनले बताए । यस बिषयमा ब्रदर्शकन्ट्रयाक्याटीङ्ग एण्ड कन्स्ट्रक्सन प्रा लिका निर्माण ब्यवसायी सम्सुल हकदिन मियाले आरसिसि पर्खाल सेट नभएका कारण लच्किएको, पानीको बहाव एकै पटक ठूलो छोडिएका कारण भत्किएको बताए । पाल्पा समाचार डटकमबाट

Facebook Comments Box
TOP