फेदीखोला गाउँपालिकाको ५ वटा वडाका स्वस्थ बालबालिका प्रतियोगिता कार्यक्रम सम्पन्न ।

आधिखोला खवर / वालिङ् :
बालबालिकाको स्वस्थ स्वास्थ्य प्रोत्साहन गर्ने उद्देश्य बमोजिम स्याङ्जाको फेदीखोला गाउँपालिकाले सोमबार ५ वटै वडा मा स्वस्थ बालबालिका प्रतियोगिता सम्पन्न गरेको छ । जन्मदेखि २३ महिनासम्मका २६ जना बालबालिकाको सहभागिता रहेको उक्त प्रतियोगितामा ६ जना स्वस्थ बालबालिकालाई पुरस्कार प्रदान गरिएको थियो ।
बालबालिकालाई जन्मदेखि ११ महिनाको पहिलो समुह र १२ महिनादेखि २३ महिनासम्मको दोस्रो समुहमा विभाजन गरिएको थियो । गाउँपालिनकामा ५ वटा वडाका ३० जना स्वस्थ वालबालिका छनोट गरीएको हो ।


स्वस्थ बालबालिका छनोटका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले बनाएको १० वटा मापडण्ड अनुसार उनीहरुलाई छनोट गरिएको हो ।
बच्चाको आमाले कम्तीमा पनि प्रोटोकल अनुसार ४ पटक गर्भ जाँच गरेको हुनुपर्ने, संस्थागत सुत्केरी भएको हुनुपर्ने, व्यक्तिगत सरसफाई हुनुपर्ने, बच्चाले नियमित रुपमा प्रत्येक महिनामा नियमित रुपमा वृद्धि अनुमगन गरेको हुनुपर्ने, राष्ट्रिय खोपतालिका अनुसार खोप सेवा पाएको हुनुपर्ने, बच्चाले ६ महिनामा आमाको दुध मात्र खाएको हुनुपर्ने नियम मापदण्डमा समेटिएको स्वास्थ्य शाखा संयोजक खिलप्रसाद पौडेलले जानकारी दिनुभयो । त्यसैगरि अन्य मापदण्डमा ६ महिना पुरा भएपछि आमाको दुधको साथ साथै थप खानाहरु खुवाएको हुनुपर्ने, आमालाई थप खानाको जानकारी भएको हुनुपर्ने, आमालाई सन्तुलित खानाबारे जानकारी भएको हुनुपर्ने, प्रोटोकल अनुसार प्रसुतीपछिको स्वास्थ्यचाँज गरेको हुनुपर्ने छन ।


कार्यक्रममा फेदीखोला गाउँपालिकाकी उपाध्यक्ष देवी थापाले गाउँपालिकाले आगामी आर्थिक बर्षमा पनि स्वास्थ्यलाई बिशेष प्राथमिकता दिँदै बजेट बिनियोजन गरेको बताउँदै स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । ‘बिशेषत बालबालिकाको स्वास्थ्य स्वस्थ होस् भन्ने उद्देश्यले आमा र परिवारलाई प्रोत्साहन गर्न बच्चा स्याहार कार्यक्रमको आयोजना गरिएको हो ।’ उपाध्यक्ष थापाले भन्नुभयो ,‘कार्यक्रमले बालबालिकालाई प्रोत्साहन गरेको मात्र छैन, आवश्यक पोषण, खोप, स्वस्थ रहने विधि पनि सिकाएको छ ।’
कार्यक्रममा गर्भवती जाँच, खोप, स्वस्थ पोषण, वृद्धि अनुगमन तथा सरसफाइको बारेमा जानकारी दिइएको थियो ।


वडा नं. २ का अध्यक्ष हिमालयजंग बानियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फेदीखोला गाउँपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्मा, स्वास्थ्य शाखा संयोजक खिलप्रसाद पौडेल, वडा सदस्य इन्द्रप्रसाद अधिकारी, अहेब विष्णुबहादुर खड्का, रोजगार संयोजक रुपक बराल लगायत, स्वास्थ्यकर्मी, महिला विकास तथा सुहाआराका प्रतिनीधिको सहभागिता थियो ।

Facebook Comments Box
TOP