पायल्स रोगीलाई प्राकृतिक उपचारका डाक्टर के भन्छन्?
डा.यन्जन गैह्रे :
काठमाडौँ । पायल्स मलद्वारसँग सम्बन्धित रोग हो । मानिसहरुको अनियन्त्रित जीवनशैली र खानपानले गर्दा आज विभिन्न रोगहरुको शिकार हुनुपरेको छ । नेपालका अधिक जनसंख्यामा पायल्सको समस्या देखिएको छ ।
समाज र हाम्रो आन्तरिक संकुचित संस्कारका कारण धेरै मानिसहरुले पायल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् । गर्नेको संख्या अत्यन्तै न्यून छ अझैपनि । ग्रामीण समाजमा अझैपनि धेरैलाई त पायल्स रोग के हो भन्ने नै थाहा छैन ।
सामान्यतयाः पायल्स हुँदा दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ । पायल्स रोगीमध्ये कसैको पीप बग्छ, फलको झुप्पोजस्तो मासु पलाएको हुन्छ र रातो सुन्निएको डल्लो हुन्छ । यो रोग लाग्दा कसैलाई रगत आउँछ भने कसैलाई नआउने हुन्छ ।
पायल्स हुनुको मुख्य कारण भनेको जीवनशैली र खानपान नै हो । व्यस्त दैनिकीले यी दुबै कुराहरुमा असर पुर्याउनाले यो रोगको बिरामीहरुको संख्या दैनिक बढ्दै गएको छ । पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने/गर्दै नगर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, बिस्कुट, चाउमिन बढि खाने, अनियमित खानपान, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोग कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ ।
दिसा कब्जियत, वा दिसा थोरै आउनु, डल्ला पर्नु, नियमित दिसा नहुनु/समयमा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु/अल्छि गर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको खानेकुरामा प्रयोग बढी हुनु पनि पायल्सका कारणहरु हुन् ।
शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुने गरेको छ । तसर्थ,
पायल्स रोगीले निम्न कुरामा ध्यान दिनुहोस्
- दैनिक ४५ मिनेटदेखि १ घण्टासम्म हलुका पसिना आउने गरि शारीरिक व्यायाम गर्ने । जस्तै योगासन, रिड व्यायाम, एरोबिक व्यायाम, अंग व्यायाम आदि ।
- हप्तामा एक पटक आवश्यकता अनुसार पेट सफा गराउने (एनिमा लिने) र कब्जियत हुन नदिने ।
- शरीरले पचाउन सक्ने गरी मात्र खाना खाने ।
- शौचालय गईसकेपछि वा सुत्नु अघि तोरी/जैतुनको तेल गुदद्वारमा लगाउने ।
- प्रशस्त पानी पिउने (१ घण्टा बाराबर १ गिलास) ।
- अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको, माछामासु, तातो, बासी खाना, आलु, सखर, डिब्बा बन्द भएका परिकार, चिया, कफी, रक्सी, चुरोट, ब्राण्डी आदि नखाने ।
- हरियो सागपात काँचै खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने, फलफुल प्रशस्तै खाने ।
- नरिवल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौ-काले पनि पायल्स रोगीहरुलाई निकै फाइदा पुर्याउँछ । रेसादार खानाहरु धेरै खाने ।
- स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिने । -गाँउ शहर डटकमबाट
डा. गैह्रे हिमालयन याेगा एण्ड प्राकृतिक हस्पिटलका मेडिकल डाइरेक्टर हुन् ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
६ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…