भुसालडाँडालाई मदिरा निषेध गर्ने अभियान तीव्र ।

पाल्पा : तानसेन नगरपालिका–१ को भूषालडाँडालाई मदिरा निषेध गर्ने अभियान तीव्र पारिएको छ। अभियानअन्तर्गत शनिबार (आज) सरसफाई तथा दुव्र्यसनी सचेतना सम्बन्धी घरदैलो कार्यक्रम गरिएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीको नेतृत्वमा भएको कार्यक्रममा जनप्रतिनिधि, पाल्पा बैंकर्स एशोसिएसनका पदाधिकारी, टोलविकास संस्था, मिसन अस्पतालका प्रमुख, स्थानीय व्यावसायी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। भूषालडाँडाको माथिल्लो प्रतिक्षालयबाट सुरु गरिएको अभियान युनाइटेड मिसन अस्पतालको मूलगेट हुँदै खल्लुकधारामा आएर सकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए। उनका अनुसार आगामी भदौ महिनादेखि यो क्षेत्रलाई मदिरा निषेध गर्ने निर्णय बमोजिम स्थानीयलाई सचेत गराउने उद्देश्यले यो कार्यक्रम संचालन गरिएको हो।
यहाँका सम्पूर्ण स्थानीयलाई विभिन्न रचनात्मक काममा सहभागी गराएर सचेत गराउदै छौं उनले भने सबैको सक्रिय सहभागितामा भदौ देखि पूर्णरुपमा मदिरा निषेध हुनेछ। प्रहरी नायव उपरीक्षक सापकोटाले भदौदेखि यहाँ मदिरा बिक्री वितरण तथा सेवन गर्न समेत नपाइने बताए। यसअघि प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको सर्वपक्षीय, सर्वदलिय बैठकले युनाइटेड मिसन अस्पतालको ५ सय मिटर वरिपरी कुनैपनि मदिराजन्य पदार्थको विक्रिवितरण तथा सेवन गर्न नपाइने निर्णय गरेको थियोे। भदौ ५ गतेबाट यो निर्णय लागु हुनेछ। त्यसलगत्तै वडा नम्बर १ को गैरागाउँ, चण्डीथान, गोर्खेकोटको देउराली, ध्रुवघाट, लायन्शको भवन वरिपरी, कवर्डहल क्षेत्र वरिपरी रहेका गेष्ट हाउसमा समेत मदिरा विक्रि वितरण तथा वेचविखन गर्न पाइने छैन्। स्थानीय प्रशासन ऐन २०२८ बमोजिम मदिरा विक्रिवितरण तथा सेवन निषेति क्षेत्र घोषणा गर्न लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको वडा अध्यक्ष रामप्रसाद बश्यालले बताए। उनले भने सिंगो वडालाइनै मदिरा सेवन तथा बिक्री वितरण गर्न निषेध गर्ने लक्ष्य रहेको छ। – थाहा खवरबाट
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
५ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…