पाल्पाकाे रैनादेवी-सिद्देश्वरमा झाडापखाला फैलियो ।

Palpa District

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरस्थित अर्चलेमा झाडापखाला फैलिएको छ ।

अर्चलेका चारदिनदेखि पखाला लाग्ने, बान्ता हुने, ज्वरो आउने लक्षणको रोगबाट ५३ जना बिरामी परेको वडाध्यक्ष सोमबहादुर दर्लामीले बताए । 

तल्लो घाटाखोला मुहानको पानी पिउने सबै परिवार बिरामी परेकोले दूषित पानीका कारण रोग फैलिएको हुनसक्ने दर्लामीको भनाइ छ ।

केही बिरामीको पाल्पा र गुल्मीका स्थानीय स्वास्स्थ्यसंस्थामा उपचार भइरहेको छ भने दुई जनालाई तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा लगिएको छ ।

गाउँमा झाडाबान्ताका बिरामी बढेपछि जिल्ला अस्पताल पाल्पाका चिकित्सक गगन अधिकारीको नेतृत्वमा छ स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पुगेको छ ।

चार दिनदेखि गाउँमा झाडाबान्ता फैलिएपनि स्वास्थ्य कार्यालय, रैनादेवी छहरा गाउँपालिकाको बेवास्ताका कारण समयमा उपचार पाउन नसक्दा थप समस्या भएको स्थानीयवासीको गुनासो रहेको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP