गुल्मीमा बाढी र पहिरोका कारण ६ जनाको मृत्यु अरुको अवस्था अज्ञात !
गुल्मी – गुल्मीमा बाढी र पहिरोमा परेर ६ जनाको ज्यान गएको छ । सत्यवती गाउँपालिका लिम्घाको भिरकुना भन्ने ठाउँमा ३ वटा घर बाढीले बगाउँदा चार जनाको ज्यान गएको छ । अरुको अवस्था थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
यस्तै, सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकको कसिनथला भन्ने ठाउँमा पहिरोले घर भत्किँदा ३१ वर्षीया तिलकुमारी तरामु र ७ वर्षका दर्शन तरामुको ज्यान गएको छ । घाइते २ जनाको उद्धार गरी अहिले स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको स्थानीय बासिन्दाले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेको नेतृत्वमा ११ जनाको टोली तम्घासबाट घटनास्थलतर्फ गए पनि पानी परिरहेको र पहिरोले बीचबीचमा सडक बन्द भएकाले घटनास्थलमा पुग्न समस्या भएको छ ।
वर्षाका कारण गुल्मीको रिडी–रुद्रबेण–वामीटक्सार सडकखण्ड समेत सोमबार रातिदेखि नै बन्द भएको छ । यो सडकखण्ड अन्तर्गत लुम्दी खोला, बादरे भीर, डहरे खोलामा बाढी र पहिरो गएर बन्द भएको सडक खुलाइएको तर केही ठाउँमा भने सडक बन्द रहेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो ।
उज्यालोबाट साभार
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


