गुल्मी-खेतमा पानी लगाउने विषयमा विवाद हुँदा १ जनाको मृत्यु ।
आँधीखोला खवर/गुल्मी :
खेतमा पानी लगाउने क्रममा विवाद हुँदा गुल्मीमा एक जनाको ज्यान गएको छ ।
मुसिकोट नगरपालिका–३, नौघाटे खेतमा पानी लगाउने क्रममा भएको विवादमा ४५ वर्षीय लक्ष्मण कुमालले धारिलो हतियार प्रहार गर्दा ५० वर्षीय मोतीलाल कुमालको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतका अनुसार, बुधवार राति खेतमा पानी लगाउने क्रममा दुईबीच विवाद बढेपछि लक्ष्मणले मोतीलालमाथि खेतमै धारिलो हतियार प्रहार गरेका थिए । धारिलो हतियार प्रहारबाट उनको खेतमै मृत्यु भएको थियो । हत्यामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लक्ष्मणले हँसियाले प्रहार गरेर आफूले मोतीलालको ज्यान लिएको स्वीकारेका प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


