फेस एपमा बुढ्यौली अनुहार देखाउँदा चुहिएला गोप्य सूचना !
संसारकै बुद्धिमान प्राणी मान्छे जन्मिदै अनेकौ जिज्ञासाहरू लिएर जन्मन्छ। प्रविधिको विकाससँग सोच र खोज पनि फराकिलो बन्दै गएको छ। सूचना प्रविधिको विकाससँगै मानिसको बुढ्यौलीपनको अनुभूति दिलाउने एप्सले अहिलो बजार तताइरहेको छ। एकै दिनमा विश्वभरका १० करोड मानिसले डाउनलोड गरेको एप हो फेस एप। उक्त एप्लिकेशन र्चचामा आएको केही घण्टामै मानिसहरूले आफ्नो बुढ्यौलीपनको तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्। उनीहरूले आफ्नो तस्बिरलाई फेसबुक, ट्विटर लगायतमा राखेर खुसी बाँडिरहेका छन्। जसबाट सेलिव्रेटीहरूसमेत अछुतो रहेनन्। भारतीय क्रिकेटर विराट कोहली, कलाकार अर्जुन कपुर, लगायतले सामाजिक संजालमा भविष्यमा देखिन सक्नेस्वरूपको तस्विर फेस एपमार्फत बनाएर सार्वजनिक गरेका छन्। कतिपयले आफ्ना प्रिय फुटबल स्टारको तस्विरलाई ७० वर्ष माथिको बूढो झै देखाएका छन्। आर्टिफिसियल इन्टेलिजेन्टस (एआइ) प्रविधिको माध्यमबाट युवा वा किशोर भएको तस्बिरलाई तत्काल बुढ्यौलीमा परिवर्तन गराइदिन सक्ने एप वाइरलेस ल्याब नामक रसियन कम्पनीले ल्याएको हो। यसका संस्थापक रसियन नागरिक यारोसलाभ गोन्चारोच हुन्। तर, के फेस एप सुरक्षित छ? यसको चर्चासँगै प्रश्न उब्जिएको छ। कतिपयले प्रयोग बन्द गरेपछि पनि एपले ग्यालरीमा रहेको फोटोहरू प्रयोग गरिरहेको गुनासो गरिरहेका छन्।
लोकप्रिय फेसएपको साथ तपाईं फोटोहरूमा बुढ्यौली हेर्न सक्नुहुन्छ, तर तपाईंले आफ्नो फोटो र व्यक्तिगत जानकारी कम्पनीलाई प्रदान गर्नुहुनेछ जुन कम्पनीले बेच्नेछन्। जसको जानकारी न त तपाईंलाई हुनेछ। फेस एप सन २०१७ फेव्रुअरी १४ अर्थात् भेलेन्टाइन डेको दिन गुगल स्टोरमा राखिएको थियो भने एप्पल स्टोरमा जनवरीबाटै राखिएको थियो। त्यतिबेला ‘सेलिब्रेटी’ हरूले प्रयोग नगरेको कारण चर्चा कमै थियो। तर, यसपटक भने केही सेलिब्रेटीहरूले यो एप अचानक प्रयोग गरेपछि गुगलको प्ले स्टोर र आइफोनको एप स्टोरबाट डाउनलोड ह्रवात्तै बढ्यो। एपमा राखिएको सेतो, कालो, एसियन र इन्डियन जस्ता जातियता झल्काउने फिल्टरका कारण ९ अगष्ट २०१७ मा फेसएपले आलोचनाको सामना गर्नुपर्यो। जसलाई यारोस्लाबले तुरुन्त हटाएका थिए। (थाहा खवर)
समाचार
थप सामाग्रीस्याङ्जा आइसिसी भलिबल कपको उपाधि बिरुवालाई
३ हप्ता अगाडि
वालिङ : स्याङ्जा आइसिसी प्रथम भलिबल कप प्रतियोगिताको उपाधि बिरुवा गाउँपालिले जितेको छ । सोमबार वालिङमा भएको फाइनल खेलमा पुतलीबजार…