नेपालले जित्यो पहिलो टि-२० क्रिकेट-शृंखला, मलेसिया विरुद्ध क्लिन स्विप ।

नेपालले मलेसियाविरुद्धको टि-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा क्लिन स्विप गर्दै ऐतिहासिक सफलता हात पारेको छ। मलेसिया विरुद्धको शृंखला २-०ले आफ्नो पक्षमा पारेपछि नेपालले पहिलो पटक  टि-२० अन्तर्राष्ट्रिय शृंखला जितेको हो। 

दोस्रो खेलमा आइतबार नेपालले मलेसियालाई ११ रनले पराजित गर्दै शृंखला क्लिनस्विप गरेको हो। यसअघि शनिबार भएको पहिलो खेल नेपालले ७ विकेटले जितेको थियो। दोस्रो खेलमा नेपालले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाल निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रनमा समेटियो । 

मलेसियाका ओपनर सयद अजिजले ५० रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जिताउँन सकेनन्। यस्तै अमिनुद्दिन राम्लेले २४ रन जोडे। 

त्यसअघि विनोद भण्डारीले २५ बलमा ५१ रन जोडेपछि नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनायो। विनोदले ३ चौका र ५ छक्का प्रहार गरेका थिए। यस्तै शरद भेषावकरले ४० रन बनाए। २८ बल खेलेका शरदले ४ चौका र २ छक्का प्रहार गरे। कप्तान पारस खड्काले १९ बलमा २ चौका र २ छक्काको मद्दतमा २३ रन बनाए। 

उनीहरुबाहेक रोहितकुमार पौडेलले १९ तथा करण केसीले १६ रन बनाए। मलेसियाको क्वालालाम्पुरस्थित किनारारा ओभल क्रिकेट मैदानमा जारी दोस्रो खेलमा शृंखला क्लिन स्विप गर्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिएको हो।  नेपालले शनिबार भएको पहिलो खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको थियो। यस खेलमा जित हात पारेमा पहिलो पटक इतिहासमा नेपालले टि-२० शृंखलामा क्लिन स्विप गर्नेछ।

यो पनि पढुनुहोस् :

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP