नेपालले जित्यो पहिलो टि-२० क्रिकेट-शृंखला, मलेसिया विरुद्ध क्लिन स्विप ।
नेपालले मलेसियाविरुद्धको टि-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा क्लिन स्विप गर्दै ऐतिहासिक सफलता हात पारेको छ। मलेसिया विरुद्धको शृंखला २-०ले आफ्नो पक्षमा पारेपछि नेपालले पहिलो पटक टि-२० अन्तर्राष्ट्रिय शृंखला जितेको हो।
दोस्रो खेलमा आइतबार नेपालले मलेसियालाई ११ रनले पराजित गर्दै शृंखला क्लिनस्विप गरेको हो। यसअघि शनिबार भएको पहिलो खेल नेपालले ७ विकेटले जितेको थियो। दोस्रो खेलमा नेपालले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाल निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रनमा समेटियो ।
मलेसियाका ओपनर सयद अजिजले ५० रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जिताउँन सकेनन्। यस्तै अमिनुद्दिन राम्लेले २४ रन जोडे।
त्यसअघि विनोद भण्डारीले २५ बलमा ५१ रन जोडेपछि नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनायो। विनोदले ३ चौका र ५ छक्का प्रहार गरेका थिए। यस्तै शरद भेषावकरले ४० रन बनाए। २८ बल खेलेका शरदले ४ चौका र २ छक्का प्रहार गरे। कप्तान पारस खड्काले १९ बलमा २ चौका र २ छक्काको मद्दतमा २३ रन बनाए।
उनीहरुबाहेक रोहितकुमार पौडेलले १९ तथा करण केसीले १६ रन बनाए। मलेसियाको क्वालालाम्पुरस्थित किनारारा ओभल क्रिकेट मैदानमा जारी दोस्रो खेलमा शृंखला क्लिन स्विप गर्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिएको हो। नेपालले शनिबार भएको पहिलो खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको थियो। यस खेलमा जित हात पारेमा पहिलो पटक इतिहासमा नेपालले टि-२० शृंखलामा क्लिन स्विप गर्नेछ।
यो पनि पढुनुहोस् :
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


