मलेसियाविरुद्धको पहिलो टी-२० मा नेपाल ७ विकेटले विजयी ।

मलेसियासँगको २ खेलको टि-२० क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको छ। नेपालको जितमा कप्तान पारस खड्का अविजित ८६ रनको मद्दतमा नेपालले मलेसियाले दिएको १ सय २९ रनको लक्ष ९ बल अगावै भेट्टाएको हो। ५० बलको सामना गर्दा पारसले ८ चौका र ५ छक्का हिर्काए।
निर्धारित २० ओभरको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ९ विकेटको क्षतिमा १ सय २८ रनको योगफल तयार गरेको थियो। मलेसियाका लागि प्रारम्भिक ब्याट्सम्यान भिरनदीप सिंहले अर्धशतकीय पारी खेले। कप्तान अहमद फैजले ४५ रन बनाएर सिंहलाई बलियो साथ दिएका थिए। यसबाहेक फित्री सामले १२ रन जोड्नुबाहेक मलेसियाका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।मलेसियाका ४ ब्याट्सम्यान शून्य रनमा पेवेलियन फर्किएका थिए। नेपालका करण केसीले ३, सन्दीप लामिछाने र वसन्त रेग्मीले सामान २/२ विकेट हात पारे। सोमपाल कामीले एक विकेट लिए।
क्वालालम्पुरको किनरारा एकेडमी ओभल मैदानमा लक्ष पछ्याएको नेपालको पनि सुरुवात राम्रो हुन सकेन। नेपालको स्कोर २९ रन रहँदा प्रदीप ऐरी ८ रन बनाउँदै पेवेलियन फर्किए।
ज्ञानेन्द्र मल्ल ७ रन र रोहित पौडेल ५ रन जोडे पनि लामो समय मैदानमा टिक्न सकेनन्। अन्तिमसम्मै कप्तान साथ दिएका शरद भेस्वाकरले १६ रन जोडे। साउन ६ देखि सिंगापुरमा हुने टी-२० विश्वकप छनोट खेल्नुअघि नेपाल मैत्रिपूर्ण खेलका लागि मलेसिया पुगेको हो। नेपालले दोस्रो खेल आइतबार खेल्नेछ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


