मलेसियाविरुद्धको पहिलो टी-२० मा नेपाल ७ विकेटले विजयी ।

मलेसियासँगको २ खेलको टि-२० क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको छ। नेपालको जितमा कप्तान पारस खड्का अविजित ८६ रनको मद्दतमा नेपालले मलेसियाले दिएको १ सय २९ रनको लक्ष ९ बल अगावै भेट्टाएको हो। ५० बलको सामना गर्दा पारसले ८ चौका र ५ छक्का हिर्काए।
निर्धारित २० ओभरको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ९ विकेटको क्षतिमा १ सय २८ रनको योगफल तयार गरेको थियो। मलेसियाका लागि प्रारम्भिक ब्याट्सम्यान भिरनदीप सिंहले अर्धशतकीय पारी खेले। कप्तान अहमद फैजले ४५ रन बनाएर सिंहलाई बलियो साथ दिएका थिए। यसबाहेक फित्री सामले १२ रन जोड्नुबाहेक मलेसियाका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।मलेसियाका ४ ब्याट्सम्यान शून्य रनमा पेवेलियन फर्किएका थिए। नेपालका करण केसीले ३, सन्दीप लामिछाने र वसन्त रेग्मीले सामान २/२ विकेट हात पारे। सोमपाल कामीले एक विकेट लिए।
क्वालालम्पुरको किनरारा एकेडमी ओभल मैदानमा लक्ष पछ्याएको नेपालको पनि सुरुवात राम्रो हुन सकेन। नेपालको स्कोर २९ रन रहँदा प्रदीप ऐरी ८ रन बनाउँदै पेवेलियन फर्किए।
ज्ञानेन्द्र मल्ल ७ रन र रोहित पौडेल ५ रन जोडे पनि लामो समय मैदानमा टिक्न सकेनन्। अन्तिमसम्मै कप्तान साथ दिएका शरद भेस्वाकरले १६ रन जोडे। साउन ६ देखि सिंगापुरमा हुने टी-२० विश्वकप छनोट खेल्नुअघि नेपाल मैत्रिपूर्ण खेलका लागि मलेसिया पुगेको हो। नेपालले दोस्रो खेल आइतबार खेल्नेछ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


