पोखराको विजयपुरमा ८४ दिनमा बेलीब्रिज तयार

पोखरा महानगरपालिका वडा नं. १४ र २६ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुरमा रहेको विजयपुर खोलामा निर्माणधिन बेलीब्रिज ८४ दिनमा निर्माण सम्पन्न भएको छ ।

सडक डिभिजन कार्यलयका सूचना अधिकारी इन्जिनियर पवित्रमणि आचार्यले दिएको जानकारी अनुसार बेलीब्रिज निर्माण सम्पन्न भएको हो ।सोही ठाउँमा निर्माण भएको स्टिल ब्रिज सञ्चालनमा आएको १ दशकमै जीर्ण बनेपछि विकल्पमा बेलिब्रिज निर्माण गरिएको हो । बेलीब्रिज अस्थायी प्रकृतिको पुल हो । यो बेलीव्रिज ५ बर्ष सम्म सञ्चालन गर्न सकिने बताइएको छ ।

पाँच बर्ष भनेपनि ८ देखि १० बर्ष सम्म बेलिबिज्र प्रयोग गर्न सकिने जनाइएको छ । विजयपुरमा निर्माण भएको बेलिव्रिज २ लेनमा ५० मिटर लम्बाइको बेलिब्रिज हो ।

पुलको भारबहन क्षमता भने ७० टन हुने सूचना अधिकारी आचार्यले जानकारी दिनु भयो ।एक लेनमा ३५ टन क्षमता हुने उहाँको भनाई छ । बेलिब्रिज निर्माणको जिम्मा सगरमाथारजेजे (जेभी)ले पाएर काम गरेको हो ।

असार मसान्तभित्रनै निर्माण सक्ने गरी ठेकेदार कम्पनीले जिम्मा पाएको थियो । सामाना बाहेक २ करोड २२ लाख रुपैयाँमा काम सम्पन्न गर्न उक्त कम्पनीले ठेक्का पाएको थियो ।वैशाख २२ गते सम्झौता भएर काम शुरु भएकोमा साउन ११ गते पुल निर्माण सम्पन्न पाएको हो । (शुभ न्युज डटकम)

Facebook Comments Box
TOP