स्वास्थ्यका कर्मचारीले अझै पाएनन् समायोजन पत्र, गुनासो सम्बोधन अन्तिम चरणमा

काठमाडौं ।  स्वास्थ्य सेवाअन्तर्गतका कर्मचारीले समायोजनको पत्र अझै पाउन सकेको छैन । गुनासो सम्बोधनको काम नसकिँदा उनीहरूले समायोजनको पत्र नपाएका हुन् ।

स्वास्थ्य सेवाअन्तर्गतका २७ हजार ५ सय कर्मचारीको समायोजन प्रक्रिया नटुंगिँदा स्थानीय तहका अधिकांश स्वास्थ्य संस्थामा कर्मचारी अभाव देखिएको छ । समायोजन प्रक्रियामा कर्मचारीले तीव्र असन्तुष्टि देखाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुनासो दर्ता गराउन समय दिएको थियो । ती गुनासोको सम्बोधन हुन नसक्दा उनीहरूको समायोजन हुन नसकेको हो ।

कर्मचारीहरूले पतिपत्नी एकै जिल्लामा समायोजन हुनुपर्ने, नागरिकताका आधारमा समायोजन हुनुपर्नेलगायत माग राख्दै गुनासो फाराम भरेका थिए । स्वास्थ्य सेवाअन्तर्गत २९ वटा समूह छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सबै प्रक्रिया टुंगिएपछि २२ हजार कर्मचारी स्थानीय तहमा पुग्ने बताए । उनले भने, ‘सबै प्रक्रिया टुंगिएपछि तीन हजार कर्मचारी प्रदेशमा जानुपर्छ । २ हजार ५ सय कर्मचारी संघमा बस्नुपर्छ ।’  कर्मचारी अभाव खड्किँदा सेवाग्राहीहरूलाई सेवा प्रवाहमा समस्या देखिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुनासो सुनुवाइ अझै नसकिएको बताएको छ । मन्त्रालयका प्रवक्ता भुपाल बरालका अनुसार सातवटा टोली गठन गरेर कर्मचारीको गुनासो सुनुवाइ भइरहेको छ ।
‘गुनासो सुनुवाइ अन्तिम चरणमा पुगेको छ । तीन–चार दिनभित्र गुनासो सुनवाइ सकिएला । अब छिट्ट सक्ने गरी काम अघि बढिरहेको छ,’ मन्त्रालयका प्रवक्ता बरालले भने ।

आजको राजधानी दैनिकमा समाचार छ ।

Facebook Comments Box
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
२ हप्ता अगाडि

वालिङ : श्रीमान् गुमाएको पीडाले विक्षिप्त बन्दै अस्पतालको बेडमा जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेकी श्रीमतीको पनि अन्ततः चौध दिनपछि…

TOP