स्याङ्जाको पानीस्वाँरामा पानीकै संकट ।
स्याङ्जा — भीरकोट नगरपालिका–८ सिर्कोटको अर्को नाम हो पानीस्वाँरा । यहाँ खानेपानीको संकट भने पुरानै छ । स्थानीय बेनकला रेग्मी एक घण्टा लगाएर कुवाबाट एक गाग्री पानी ल्याउँछिन् । वर्षामा आकाशे पानीको भर पर्नुपर्छ । ‘कुवामा पालो कुरेर एक गाग्री पानी ल्याउँदा बिहान बित्छ । आएर कतिबेला घरको काम गर्ने, मेलापात गर्ने । साह्रै समस्या छ,’ उनले भनिन् ।

स्थानीय स्वयंसेविका छविकला चापागाईंले गाउँको नाम पानीस्वाँरा रहे पनि पानीको सधैं अभाव हुने बताइन् । गाउँमा रहेका प्रहरी, स्वास्थ्य चौकी, विद्यालय र वडा कार्यालयले पनि खोजेको पानीले गर्जो टार्नुपर्छ ।
‘गाउँमा तीनवटा कुवा छन्,’ स्थानीय यामकला तिवारी भन्छिन्, ‘बेलाबेलामा कुवा सरसफाइ गर्छौं र खानका लागि प्रयोग गर्दै आएका छौं ।’ नुवाइधुवाइका लागि भने समस्या रहेको उनले बताइन् । सिर्कोटको १ सय ७७ घरधुरीको करिब ७ सय जनसंख्यालाई खानेपानीको संकट छ । वडाध्यक्ष भीमबहादुर गुरुङले वडाभर खानेपानीको समस्या भएको बताए ।
‘लिफ्टिङ गरेर पानी ल्याउने तयारी भइरहेकाले अझै केही समय अभाव हुनेछ,’ उनले भने, ‘गाउँबाट १ किलोमिटर ओरालोमा भएको मूलमा ट्यांकी बनाएर पानी ल्याउने तयारीमा छौं ।’ योजनामा बेलैमा बजेट विनियोजन भए आगामी आर्थिक वर्षबाट पानीको संकट हट्ने उनले बताए । एक घर एक धारा नभए २/३ घरको एउटा साझा धाराबनाउने योजना रहेको उनले सुनाए । कान्तीपु्र दैनिकबाट
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


