सूर्याेदय लघु वित्तको दोस्रो चरणको बार्षिक समीक्षा तथा बजेट तर्जुमा गोष्ठि पाल्पामा शुरु ।

आँधीखोला खवर / पाल्पा :
सूर्याेदय लघु वित्त वित्तीय संस्थाको दोस्रो चरणको बार्षिक समीक्षा तथा बजेट तर्जुमा गोष्ठि पाल्पाको तानसेनमा शुरू भएको छ । स्याङ्जामा केन्द्रीय कार्यालय रहेको संस्थाले विभिन्न २३ जिल्लामा कारोवार गर्दै आएको छ ।

दोस्रो चरणको कार्यक्रम अन्तर्गत ५ नम्वर र कर्णाली प्रदेशका २७ वटा शाखाका प्रमुखहरूको सहभागितामा २ दिने गोष्ठि शुरु भएको हो । संस्थाका अध्यक्ष अनन्तकुमार श्रेष्ठले कार्यक्रमको उद्धघाटन गर्दै कर्जा लगानी र बचत अभियानबाट महिलाहरूको नेतृत्व मार्फत समृद्ध घर तथा परिवार निर्माण गर्ने आफूहरुको लक्ष्य रहेको बताउनु भयो । यस तर्फ संस्थाले सफलता हासिल गर्दै गईरहेको उहाँको दावी थियो । संस्थाले झण्डै ३७ हजार सदस्य मार्फत १ सय ४७ करोड लगानी गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष पंगेनीले समीक्षा अवधिमा संस्थाले योजना अनुसार नै प्रगति हासिल गरेको बताउनु भयो । उहाँले आगामी बर्षका लागि संस्थाको योजना बनाउनुका साथै शाखा प्रबन्धकहरूको क्षमता अभिबृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । उद्घघाटन कार्यक्रमको संचालन आन्तरिक लेखापरिक्षण विभाग प्रमुख जय नारायण शर्माले गर्नु भएको थियो ।

कार्यक्रममा रिलायबल लाईफ ईन्सुरेन्सका तर्फबाट प्रदेश नं ५ का प्रमुख सुरेन्द्र थापाले प्रस्तुति दिनु भएकोे थियो । संस्थाका संचालक एक बहादुर गोदार, दुर्गा शाह बाबा , तारा शर्मा र नारायण पौडेल लगायतको कार्यक्रममा सहभागिता रहेको छ ।
यसैवीच सूर्याेदय लघु वित्त वित्तीय संस्थाको पाल्पामा आयोजना गरिएको वार्षिक योजना तर्जुमा गोष्ठिमा प्युठानको मच्छि शाखालाई पुरस्कृत गरिएको छ । ५० वटा शाखाहरू मध्ये उत्कृष्ट भएको भन्दै मच्छी शाखालाई पुरस्कृत गरिएको हो । शाखाका प्रमुख संजिव चौधरीलाई संस्थाका अध्यक्ष अनन्त कुमार श्रेष्ठ नगद १० हजार १ प्रदान गर्नु भएको हो । बार्षिक कार्यक्रम अन्तर्गत पुरस्कृत गरिएको संस्थाले जनाएको छ ।
आव ०७४ ७५ मा संस्थामा भएका सहायक स्तरका १६० कर्मचारी मध्ये उत्कृष्ट कर्मचारी मच्छी शाखा प्युठानकी रिता भण्डारी पुरस्कृत हुनु भएको छ । उहाँलाई ७५०० नगद प्रमाणपत्र प्रदान गरिएको हो ।
समाचार
थप सामाग्री
कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, आज रक्तदान हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान…