एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, यसरी हेर्न सकिन्छ ।

काठमाण्डौ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
गएको चैत १० गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिनुभयो । प्रदेश २ मा भने चैत २२ गतेदेखि २९ गतेसम्म परीक्षा सञ्चालन भएको थियो ।
उपनियन्त्रक शर्माले कुनै प्राविधिक त्रुटि नभए आज बेलुकीसम्म र प्राविधिक त्रुटि आए भोलिसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।
यसवर्ष देशभरबाट नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र पहिलेको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।
एसइईको नतिजा हेर्ने तरिका

(उज्यालो)
समाचार
थप सामाग्री
गल्याङमा ५० वटा विउ बंगुर वितरण
१ हप्ता अगाडि
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकामा विउ बंगुरको बच्चा वितरण गरिएको छ । आर्थिक सम्वृद्विका लागि साझेदारी कार्यक्रम अन्तर्गत दुई वटा…