समाजसेवी वैद्यद्वारा भीरकोट ५ को तिलाहारनेटा विद्यालयमा पोसाक वितरण ।

आँधीखोला खवर/भीरकोट :
समाजसेवी प्राध्यापक डाक्टर जगदिश वैद्यले भीरकोट नगरपालिका ५ स्थित तिलहारनेटा आधारभुत विद्यालयमा पोसाक वितरण गर्नुभएको छ । वैद्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय पोसाक वितरण गर्नुभएको हो । कार्यक्रममा वडा नं. ५ का अध्यक्ष यामप्रसाद अधिकारीले समाजसेवी वैद्यको कार्य निकै प्रशंसनीय भएको भन्दै पोसाक वितरण कार्यले विद्यार्थीहरुलाई अध्ययनमा थप प्रेरणा मिल्ने बताउनुभयो । सामाजिक कार्यले समाज रुपान्तरणमा टेवा पुग्ने भन्दै वैद्यको कार्य हामी सबैले अनुसरण गर्नुपर्ने वडा अध्यक्ष अधिकारीको भनाई छ ।

कार्यक्रममा पशुपती अन्नपुर्ण आश्रमका प्रदेश नं. ४ प्रमुख पिताम्बर पाण्डे, ३ का प्रमुख राज्यलक्ष्मी शाक्य, भीरकोट उद्योग वाणिज्य संघका महासचिव नुवादत्त अर्याल, विद्यालय व्यवस्थापन समितिका संस्थापन उदयराज अर्याललगायतले बोल्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दामोदर तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कृष्णप्रसाद रणपाल र सञ्चालन शिक्षक राजनप्रसाद पौडेलले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


