समाजसेवी वैद्यद्वारा भीरकोट ५ को तिलाहारनेटा विद्यालयमा पोसाक वितरण ।


आँधीखोला खवर/भीरकोट :
समाजसेवी प्राध्यापक डाक्टर जगदिश वैद्यले भीरकोट नगरपालिका ५ स्थित तिलहारनेटा आधारभुत विद्यालयमा पोसाक वितरण गर्नुभएको छ । वैद्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय पोसाक वितरण गर्नुभएको हो । कार्यक्रममा वडा नं. ५ का अध्यक्ष यामप्रसाद अधिकारीले समाजसेवी वैद्यको कार्य निकै प्रशंसनीय भएको भन्दै पोसाक वितरण कार्यले विद्यार्थीहरुलाई अध्ययनमा थप प्रेरणा मिल्ने बताउनुभयो । सामाजिक कार्यले समाज रुपान्तरणमा टेवा पुग्ने भन्दै वैद्यको कार्य हामी सबैले अनुसरण गर्नुपर्ने वडा अध्यक्ष अधिकारीको भनाई छ ।

कार्यक्रममा पशुपती अन्नपुर्ण आश्रमका प्रदेश नं. ४ प्रमुख पिताम्बर पाण्डे, ३ का प्रमुख राज्यलक्ष्मी शाक्य, भीरकोट उद्योग वाणिज्य संघका महासचिव नुवादत्त अर्याल, विद्यालय व्यवस्थापन समितिका संस्थापन उदयराज अर्याललगायतले बोल्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दामोदर तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कृष्णप्रसाद रणपाल र सञ्चालन शिक्षक राजनप्रसाद पौडेलले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…