पर्वतको फलेवासमा रहेको रेडियो पर्वतमा आगालागी, प्रशारण बन्द ।

पर्वत : पर्वतको पहिलो सामुदायिक रेडियो रेडियो पर्वत १०३.६ मेगाहर्जको कार्यालयमा गएराती आगालागी भएको छ । राती १ बजेको समयमा विद्युत सर्ट भएर आगालागी हुँदा सम्पुर्ण सामाग्रीहरु जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको छ । आगालागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुगेको छ भने ७ वटा कम्प्युटर, दुई वटा मिक्सचर, हाईब्रिड, टेलिभिजन लगायतका सामग्रीहरु पुर्ण रुपमा नष्ट भएको रेडियोका स्टेशन म्यानेजर शंकर शर्माले जानकारी दिनुभयो ।

आगालागी भएसँगै विहानदेखि रेडियोको प्रशारण समेत बन्द भएको छ । कुनैपनि सामान काम नलाग्ने भएकाले बन्द गर्नुको बिकल्प नभएको शर्माले बताउनुभयो । उहाँका अनुसार आगालागी भएपछि स्थानीयवासी र प्रहरीको सक्रियतामा राती दुई बजे नियन्त्रणमा लिईएको थियो ।
विद्युत जडान गरिएको स्वीचमा समस्या आएका कारण पुर्ण रुपमा क्षति पुगेको हो । आगालागीबाट रेडियो संचालित घरका तीन वठा कोठामा समेत क्षति पुगेको छ । झण्डै रु.तीस लाख रुपैया भन्दा बढिको क्षति भएपनि यकिन विवरण भने आईनसकेको शर्माले जानकारी दिनुभयो । तत्काल थाहा पाएका कारण कुनै मानविय क्षति हुन भने नपाएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

२०६४ सालदेखि ग्रामीण क्षेत्र फलेवासवाट प्रशारण हुँदै आएको यस क्षेत्रको पहिलो सामुदायिक रेडियो पछिल्लो समय अहिंसावादी रेडियो पर्वतको नाममा संचालनमा रहेको थियो ।
– लोकतन्त्र अनलाईनबाट
समाचार
थप सामाग्री
गल्याङमा ५० वटा विउ बंगुर वितरण
१ हप्ता अगाडि
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकामा विउ बंगुरको बच्चा वितरण गरिएको छ । आर्थिक सम्वृद्विका लागि साझेदारी कार्यक्रम अन्तर्गत दुई वटा…