पाल्पा—निस्दीको अर्चलेलाई कागतीको पकेट क्षेत्र बनाइने ।

सीता डोटेल/ रामपुर :

पाल्पाको निस्दी गाउँपालिका ६ अर्चलेलाई कागती खेतीको पकेट क्षेत्र बनाइने भएको छ । एक वडा एक उत्पादनको नारा लिएर गाउपालिकालाई नै स्थानीय तरकारी तथा फलफुल पकेटको रुपमा विकास गर्न लागेको निस्दीले आर्थिक वर्ष २०७६/०७७ सालको योजना तथा कार्यक्रममा कागती खेतीलाई प्राथमिकता दिएको हो । पहाडी ओसिलो भुभागमा कागती जन्य खेतीको उर्वर भूमि भएकोले त्यसलाई विस्तार गर्दै आय आर्जन र व्यवसायिक बनाउने उद्देश्यले वडाले कागती खेतीको उत्पादनमा लाग्न योजना बनाएको वडाध्यक्ष मेख बहादुर सुनारीले बताउनुभयो । संभावना रहेको अर्चलेमा साना–ठूला गरी ४३ वटा योजनामा १ करोड ४३ लाख ५३ हजार बराबरको काम भइरहेको वडाध्यक्ष सुनारीले जानकारी गराउनुभयो ।

निस्दी गाउँपालिकाका प्रबक्ता समेत रहनु भएका सुनारीले अर्चलेलाई कागती उत्पादन क्षेत्रको रूपमा बिकास गर्ने गाउँपालिकाले लिएको लक्ष्य अनुरुप आर्थिक बिकास तर्फ जोड दिएको बताउनुभयो । वडाले मोटरबाटो, लेकडाँडा पर्यटन प्रबर्द्धन, वडा कार्यालय भवन निर्माणलाई प्राथमिकीकरण गरेको छ ।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…