पाल्पा—निस्दीको अर्चलेलाई कागतीको पकेट क्षेत्र बनाइने ।
सीता डोटेल/ रामपुर :

पाल्पाको निस्दी गाउँपालिका ६ अर्चलेलाई कागती खेतीको पकेट क्षेत्र बनाइने भएको छ । एक वडा एक उत्पादनको नारा लिएर गाउपालिकालाई नै स्थानीय तरकारी तथा फलफुल पकेटको रुपमा विकास गर्न लागेको निस्दीले आर्थिक वर्ष २०७६/०७७ सालको योजना तथा कार्यक्रममा कागती खेतीलाई प्राथमिकता दिएको हो । पहाडी ओसिलो भुभागमा कागती जन्य खेतीको उर्वर भूमि भएकोले त्यसलाई विस्तार गर्दै आय आर्जन र व्यवसायिक बनाउने उद्देश्यले वडाले कागती खेतीको उत्पादनमा लाग्न योजना बनाएको वडाध्यक्ष मेख बहादुर सुनारीले बताउनुभयो । संभावना रहेको अर्चलेमा साना–ठूला गरी ४३ वटा योजनामा १ करोड ४३ लाख ५३ हजार बराबरको काम भइरहेको वडाध्यक्ष सुनारीले जानकारी गराउनुभयो ।

निस्दी गाउँपालिकाका प्रबक्ता समेत रहनु भएका सुनारीले अर्चलेलाई कागती उत्पादन क्षेत्रको रूपमा बिकास गर्ने गाउँपालिकाले लिएको लक्ष्य अनुरुप आर्थिक बिकास तर्फ जोड दिएको बताउनुभयो । वडाले मोटरबाटो, लेकडाँडा पर्यटन प्रबर्द्धन, वडा कार्यालय भवन निर्माणलाई प्राथमिकीकरण गरेको छ ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


