मेलानद्धारा फरक क्षमताका विद्यार्थीहरुलाई विभिन्न सामाग्री प्रदान ।

देवेन्द्र प्रसाद भट्टराई / वालिङ् :
स्वास्थ्य प्रयोगशालाकर्मीहरुको साझा संस्था मेडिकल ल्याव्रोटरी एसोसिएसन (मेलान)ले फरक क्षमता भएका विद्यार्थीलाई विभिन्न सामाग्रीहरु प्रदान गरेको छ । संस्थाले आफ्नो १४ औं स्थापना दिवसको अवसर पारेर वालिङको भुम्रे माविमा अध्ययनरत फरक क्षमताका विद्यार्थीहरुलाई विभिन्न सामाग्री सहयोग गरेको हो ।

विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थीहरुलाई खाजा खुवाउनुका साथै औषधी,सेनिटरी प्याड लगायतका सामाग्री सहयोग गरेको मेलान स्याङ्जाका सचिव ईश्वर कोईरालाले जानकारी दिनुभयो । संस्थाले प्रत्येक स्थापना दिवसमा विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गर्दै आईरहेको सचिव कोईरालाले जानकारी दिनुभयो । मेलान स्याङ्जाका अध्यक्ष ललित पौडेलको नेतृत्वमा गएको टोली विद्यार्थीहरुका विभिन्न स्वास्थ्य सम्वन्धी समस्याका बारेमा समेत जानकारी लिएको संस्थाका कोषध्यक्ष मनोज खनालले बताउनुभयो ।

विद्यार्थीहरु आफ्ना भनाई तथा समस्या राख्न पाउँदा निक्कै उत्साहित भएको लमो समय देखि फरक क्षमताका विद्यार्थीहरुलाई अध्यापन गराउदै आउनु भएका शिक्षक डोलराज बश्यालले बताउनु भयो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…