कुष्ठरोगीहरुको पहिचान गर्ने उद्देश्यले गल्याङमा छाला सम्वन्धी शिविर ।
नारायण विश्वकर्मा / गल्याङ् :
गल्याङ नगरपालिका ३ बल्पुकमा भएको निशुल्क स्वास्थ्य शिविरमा १ सय ३३ जनाले सेवा लिएका छन । नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामकृष्ण श्रेष्ठले ६४ जना महिला र १४ जना पुरुषले छालारोग सम्वन्धी परिक्षण गराएको जानकारी दिनुभयो । उहाँले कुष्ठरोगीहरुको पहिचान गर्ने उद्देश्यले छाला सम्वन्धी शिविरको आयोजना गरिएको भए पनि कसैमा त्यस्तो समस्या नदेखिएको बताउनु भयो । श्रेष्ठले ५२ जना महिलाले पाठेघरको मुखको क्यान्सर तथा पाठेघर खस्ने समस्याको चेकजाँच गराएको बताउनु भयो । पाठेघरको चेकजाँच गराएका महिला मध्य ६ जनामा पाठेघर खस्ने समस्या देखिएको भन्दै श्रेष्ठले उनीहरुलाइ रिङ प्रेसर दिएको बताउनु भयो । श्रेष्ठका अनुसार जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाकी सिनियर अनमी अधिकृत मिठुु ढकाल सहित तीन जनाको प्राविधिक समुहले पाढेघर खस्ने र लुम्वीनी मेडिकल कलेज प्रभास पाल्पाकी छालारोग विशेषज्ञ सर्मिला त्रिपाठी सहित तीन जनाको प्राविधिक समुहले छालाको चेक जाँच गरेका थिए । गल्याङ नगरपालिकाको ससर्त अनुदान एक लाख ५० हजारे वजेट विनियोजन गरि निशुल्क स्वास्थ्य सिविरको आयोजना गरिएको संयोजक श्रेष्ठको भनाइ छ । शिविरमा गल्याङ नगररपालिका अन्तर्गतका सर्वसाधारणले सेवा लिएका थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


