स्वास्थ्य सम्वन्धी भिमुखीकरण कार्यक्रम भीरकोटमा सम्पन्न ।

आँधीखोला खवर / भीरकोट : म स्वस्थ, मेरो देश स्वस्थ, स्वास्थ्य प्रर्वद्धन, मेरो वर्ष अभियान भन्ने नाराका साथ भीरकोटमा १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । भीरकोट नगरपालिकाको सहयोग तथा समन्वय र दार्सिङ दहथुम स्वास्थ्यचौकीको आयोजनामा नसर्ने रोग सम्बन्धी सरोकारवालाबीच अभिमुखीकरण गरिएको हो । कार्यक्रममा नगरप्रमुख छायाराम खनालले स्वस्थताको अभियान आँफू र आफ्नै घरबाट सुरुवात गर्नुपर्ने भन्दै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा खेलवाड गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा नारायणबन्धु अर्याल, स्वास्थ्य चौकी उपाध्यक्ष ढालविक्रम खांण, युवाक्लबका प्रविणविक्रम खांँण लगायतले बोल्नुभएको थियो । कार्यक्रममा मेरो वर्ष अभियानको प्रतिवद्धता समेत व्यक्त गरिएको छ । मद्यपान धुमपान नगर्ने, शारिरिक व्यायाम गर्ने, स्वस्थ र पोशिलो खाना खाने, नियमित स्वास्थ्य परिक्षण गर्ने, आँफू, आफ्नो परिवार र समुदाय स्वस्थ राख्ने प्रतिवद्धता व्यक्त गरिएको हो ।

स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष दिपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत अनमी सरस्वति पंगेनी र सञ्चालन चौकी प्रमुख शर्मिला गुरुङले गर्नुभएको थियो । त्यस्तै प्राविधिक सत्रको सञ्चालन श्रीराम अर्यालले गर्नुभएको हो ।

समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


