स्याङ्जामा स्वास्थ्य बिमा लागु भएसँगै सेवाग्राही बढे : पुर्बाधार बढेन ।
सुशील सुबेदी / वालिङ :
स्याङजामा स्वास्थ्य बिमा कार्यक्रम प्रभाबकारी बन्न थालेको छ । आम सर्बसाधारणलाई स्वास्थ्यको पहुँच सहज ढङ्गले पुर्याउन सरकारले स्वास्थ्य बिमाको कार्यक्रम लागु गरेको हो । गत जेठ १ गतेबाट स्याङ्जामा बिमाको कार्यक्रम लागु भएसंगै स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामीको संख्या दोब्बर भएको छ ।
जिल्ला अस्पताल स्याङजा, चापाकोट अस्पताल, मालुङ्गा प्राथमीक स्वास्थ्य केन्द्र, पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्र र वालिङ प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवाग्राहीले प्रथम सेवा बिन्दु अन्तर्गतको उपचार पाउने छन् ।
सबैभन्दा बढी क्षेत्र ओगटेको र प्रथम सेवा बिन्दु अन्तर्गत सेवाग्राही भएको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रबाट मात्र दैनिक २०० जनाले सेवा लिन थालेका छन् । यो कार्यक्रम लागु हुनभन्दा पहिले एक सयको हाराहारीमा उपचार गर्न आउने गर्दथे । अधिकांस सेवाग्रही छिमेकीको लहै लहैमा लागेर वा बिमा गरिसकेपछी एक पटक चेक जाँच त गर्नुपर्दछ भनेर स्वास्थ्य संस्था आउने गरेको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका सुचना अधिकारी एवं बिमा कार्यक्रमका फोकल पर्सन देवेन्द« प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो , ‘सामान्य अबस्थामा उपचार गराउँदा कोषको पैसा घट्दै गएको सेवाग्राहीलाई थहा हुँदैन , पछी ठुलो उपचार गर्दा कोषको पैसा सकिँदै जान्छ । ’ स्वास्थ्य बिमा कार्यक्रमलाई रमाईलो मानेर चेक जाँच गर्नुभन्दा साँच्चै बिरामी हुँदा प्रयोग गर्न आवश्यक रहेको भट्टराई बताउनु हुन्छ ।
बिरामीको चाप बढेको तर जनशक्ती भौतिक संरचना तथा पूर्बाधार यथावत रहँदा सेवाग्रहीलाई प्रभाबकारी सेवा प्रदान गर्न नसकीने स्वास्थ्यकर्मीको भनाई छ । ‘जेठ १ गते देखि नै उपचार गर्न आउनेको संख्या दोब्बर हुन थाल्यो , अझ असोज पछि थपिने सेवाग्राही कती हुने हुन , यो संरचनाले थेग्न गाह्रो छ ’ , भट्टराई थप्नुहुन्छ् , ‘भौतीक पुर्बाधार र जनशक्ती थप्न आवश्यक छ , अन्यथा सेवा प्रभाबकारी बन्न सक्दैन । ’
वालिङ प्राथमिक स्वास्थ्य केन्द« यसै पनि ठुलो क्षेत्र ओगटेको स्वास्थ्य संस्था हो । यहाँ छिमेकी जिल्ला पर्बतको दक्षिणी भेग, हरिनाश गाउँपालिका , गल्याङ नगरपालिका देखि सेवाग्राही स्वास्थ्य परीक्षण गर्न आउने गर्दछन् ।
यता स्वास्थ्य बिमाको परिचय पत्र प्राप्त गरेपछि सर्बसाधारणको मुहारमा खुशी छाएको छ । उनीहरुले एकपटक बिमाको दस्तुर स्वरुप बुझाएर बर्षभरी सेवा पाउनेभएको खुशी भएका हुन् । वालिङ १ का सुरज बिकले स्वास्थ्य बिमा गर्नुभयो उहाँ भन्नुहुन्छ, ‘सबैभन्दा ठुलो चिज स्वास्थ्य हो , मेरो मात्र होईन परिवारकै स्वास्थ्य बिमा गराएको छु सबै परिवारका सदस्य ढुक्क छौँ । ’
स्वास्थ्य मन्त्रालयले २०७२ चैत देखि कैलाली जिल्लाबाट बिमा कार्यक्रम प्रारम्भ गरेको थियो । बीमा कार्यक्रममा आबद्ध प्रतिपरिवार (पाँचजनासम्म) ले वार्षिकरूपमा रु ३ हजार ५०० प्रिमियम तिर्दा रु १ लाख सम्मको उपचार निशुल्क व्यहोर्ने व्यवस्था छ । ५ जनाभन्दा बढी परिवारका सदस्य भएमा प्रतिव्यक्ति थप ४ सय २५ तिनुपर्ने र थप रु १० हजारका दरले उपचार खर्च बढ्दै जाने छ । स्वास्थ्य बिमा सहयोगीले परामर्श गर्दै बिमा कार्यक्रमको बारेमा स्पष्ट जानकारी दिन सके स्वास्थ्य बिमा कार्यक्रमको उदेश्य र लक्ष्य प्राप्ती हुने देखिन्छ ।
यसैवीच वालिङ प्राथमिक स्वास्थ्य केन्द्रले आफ्नै फार्मेसी समेत सञ्चालनमा ल्याएको छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
१ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …