भोलि हुने वृहत निशुल्क स्वास्थ्य शिविरको तयारी पुरा ।
आँधीखोला खवर / वालिङ :
स्याङ्जाको वालिङमा भोलि हुने वृहत निशुल्क स्वास्थ्य शिविरको तयारी पुरा भएको छ । रोटरी क्लव अफ वालिङ र वालिङ नगरपालिकाको संयुक्त आयोजनामा हुने शिविरमा गौतम वुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोग रहने बताईएको छ ।

शिविरमा मुटु, मृर्गौला, दम तथा छाती निमोनिया र अन्य विभिन्न रोगको निशुल्क परिक्षण गरिने रोटरी क्लव अफ वालिङका अध्यक्ष मधुसुदन आचार्यले जानकारी दिनुभयो । उहाँले शिविरमा निशुल्क रुपमा रगत परिक्षण गरिनुका साथै आवश्यक औषधी समेत निशुल्क वितरण गरिने बताउनु भयो ।
शिविरमा बरिष्ठ मुटु रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ,मृगौला रोग विशेषज्ञ,जनरल फिजिसियन लगायतका स्वास्थ्यकर्मीहरुबाट ईसिजी र ईकोबाट मुटु रोगको परिक्षण तथा पिएफटिबाट दम तथा छाती रोगको परिक्षण गरिने शिविरका सह—संयोजक राजेन्द्र डुम्रेले जानकारी दिनुभयो ।
वालिङ वहुमुखी क्याम्पस परिसरमा हुने शिविरको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
यस अघि शिविरको वारेमा जानकारी दिन भन्दै चेतनामुलक र्याली समेत गरिएको थियो । रोटरी क्लब अफ वालिङको अगुवाईमा वालिङ रेडक्रस ,लायन्स क्लव अफ वालिङ सिटि, सक्षम सिबिटेन क्लब वालिङ एब वालिङ बहुमुखी क्याम्पस सहितको टोलीले बजारका विभिन्न भागमा पुगेको थियो ।



समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


