वालिङमा भएको शिविरमा एकदिन मै १७२७ जनाको स्वाथ्य परिक्षण गरियो ।

कला राना/ वालिङ :
स्याङ्जाको वालिङ सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा १७ सय २७ जनाले सेवा लिएका छन् । रोटरी क्लब वालिङ र वालिङ नगरपालिकाको सयुक्त आयोजना र गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा विशेषज्ञ सहितको वृहत निशुल्क स्वास्थ्य शिविर गरिएको हो ।

शिविरको उद्दघाटन गर्दै गण्डकी प्रदेशका विधायन समिति सभापति मोहनप्रसाद रेग्मीले स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएकाले स्वास्थ्यको पहँुचमा सबै पुग्न आवश्यक रहेको बताउनुभयो । उहाँले स्वास्थ्यमा सबैको पहुँच पुर्याउन सरकारी तवरबाट नै विभिन्न गतविधि भईरहेको जानकारी दिनुभयो । सांसद रेग्मीले भन्नुभयो,“स्वास्थ्य जाँच गराउनुपर्छ भन्ने मानसिकताको विकास गर्नुपर्छ ।” स्वास्थ्यकर्मीको सम्र्पकमा रही दैनिक आहार विहारमा ध्यान दिएमा दीर्घ जीवन जिउनु सकिने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, जिल्ला समन्वय उपप्रमुख दिलिप बगाले, गौतम बुद्ध सामुदायिक हस्पिटलका अध्यक्ष एजाज आलम, हस्पिटलका डिएम डा.समिर गौतम, नेकपाका नेता कृष्ण खांण, हस्पिटलका कार्यकारी प्रमुख कमल भण्डारी लगायलते बोल्नुभएको थियो । कार्यक्रम रोटरीका अध्यक्ष मधुसुदन आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन रोटरी क्लव अफ वालिङका नोमिनी प्रेसिडेन्ट राजेन्द डुम्रे र स्वागत वडा नं. १० का अध्यक्ष अनन्तराज गैह्रेले गर्नुभएको थियो ।

शिविरमा डिएम समिर गौतम सहित ६ जना एमडि, ७ जना विशेषज्ञ र २४ जना स्टार्फनर्स सहितको टोली तथा ६८ जनाको प्राविधिक सहितको टोलीले दिएको थियो । शिविरमा ईसिजि, इको, पिएफटि, ल्याब परिक्षण गर्नुका साथै निशुल्क औषधी समेत वितरण गरिएको थियो । शिविरमा स्याङ्जासहित पाल्पा, पर्वतका नागरिकले पनि सेवा लिएका आयोजकले जानकारी दिएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


