गुठी विधेयक फिर्ता लिएको सरकारको घोषणा

काठमाण्डाै – चर्काे दबाबपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन गरेर सरकारले विधेयक फिर्ता लिएकाे जानकारी दिनुभएकाे हाे ।
विधेयकलाई लिएर नागरिकमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई विथाेल्ने काेसिस भएकाले विधेयक फिर्ता लिने निर्णय गरेकाे मन्त्री अर्यालले बताउनुभयाे ।
नेपालकाे संविधानकाे धारा २९० अनुसार गुठीकाे मूलभूत मान्यता अनुरुप राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गर्न भन्दै सरकारले वैशाख १६ गते राष्ट्रियसभामा विधेयक पेस गरेकाे थियाे ।
सरोकारवाला निकायको चर्को दबाबपछि सरकारले गुठीसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको हो । धर्म संस्कृति परम्परा, सम्पदा नास हुने भन्दै विधेयककाे विरुद्धमा काठमाण्डाै उपत्यकाका नेवार समुदाय आन्दाेलित बनेका थिए ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौ उपत्यकामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसँग पनि विधेयकका सम्बन्धमा परामर्श गर्नु भएको थियो । आफ्नै पार्टीका सांसदहरुले पनि विधेयक फिर्ता लिनुपर्ने आवाज उठाएपछि सरकार विधेयक फिर्ता लिन बाध्य बनेकाे हाे ।

समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…