खुशीको खवर !!! वालिङमा निशुल्क डायलाईसिस केन्द्रको स्थापना हुंदै ।

राधाकृष्ण डुम्रे/ वालिङ :

हस्ताक्षर गरिएको सम्झौतापत्र देखाउदै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालक बुटवलका अध्यक्ष एजाज आलम तथा रोटरी क्लव अफ वालिङका पदाधिकारी लगायत ।


स्याङ्जाको वालिङमा डायलाइसिस केन्द्रको स्थापना गरिने भएको छ । वालिङ नगरपालिका वडा नम्वर १० भकुण्डे फुलवारीमा रहेको तत्कालिन गेस्टहाउसमा डायलाइसिस केन्द्रको स्थापना गर्न लागिएको हो । वालिङमा डायलाइसिस केन्द्रको स्थापना गर्ने सम्झौतामा वालिङ नगरपालिका र बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बिच हस्ताक्षर भएको हो ।
सम्झौतामा वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँण र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालक बुटवलका अध्यक्ष एजाज आलमले हस्ताक्षर गर्नु भएको हो । सम्झौता अनुसार नगरपालिकाको स्वामित्वमा रहेको तत्कालिन गेष्ट हाउसको भवनमा डायलाइसिस केन्द्रको स्थापना गरिनेछ । नगरपालिकाले उक्त भवन गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले निशुल्क रुपमा उपलव्ध गराएको हो । केन्द्र स्थापनाका गर्न १५ वर्षको लागि सम्झौता गरिएको वालिङ नगर प्रमुख दिलिप प्रताप खाँणले जानकारी दिनुभयो । रोटरी डायलाइसिस सेन्टर वालिङ नगरपालिकाको संरक्षकत्व र रोटरी क्लव अफ वालिङको सहयोगमा सञ्चालन गरिने छ ।
स्मार्ट वालिङको रुपमा अगाडि बढिरहेकोे नगरपालिकाका जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नगरपालिकाको स्वामित्वमा रहेको गेष्ट हाउस र त्यसले चर्चेको झण्डै ४ रोपनी जग्गा गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई निशुल्क रुपमा उपलव्ध गराउने सहमती भएको नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले जानकारी दिनुभयो । उहाँले हप्ताको दुइ तीन पटक डायलाइसिस गर्नु पर्ने अवस्था रहने भन्दै सेवा सञ्चालन पछि विरामी पोखरा र वुटवल जानु नपर्ने अवस्था आउने बताउनु भयो ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका अध्यक्ष एजाज आलमले वालिङ नगपालिकाले उपलब्ध गराएको भवन लाई मर्मत संहार गरेर दुइ तीन महिना भित्रमा नै केन्द्र सञ्चालनमा ल्याईने बताउनु भयो । उहाँले मृगौलाको समस्या अत्यन्तै सम्वेदनशिल विषय भएकोले आफूहरुले जति सक्दो सहज सेवा उपलव्ध गराउने स्पष्ट पार्नुभयो । रोटरी क्लव अफ वालिङका अध्यक्ष मधुसुदन आचार्यले वालिङमा निशुल्क रुपमा सेवा दिने गरी डायलाइसिस केन्द्र स्थापना भए सँगै वालिङ तथा आसपासका क्षेत्रका सेवाग्राहीले सहज सेवा लिन सक्ने बताउनु भयो ।

Facebook Comments Box
TOP