आयोजक इंग्ल्याण्डलाई स्तव्ध पार्दै अस्ट्रेलिया शीर्षस्थानमा ।
एजेन्सी । जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा आयोजक इंग्ल्याण्डलाई पराजित गर्दै अस्ट्रेलिया शीर्षस्थानमा पुगेको छ र उसले सेमिफाइनलमा स्थान पक्का गरेको छ । घरेलु टोली इंग्ल्याण्ड अस्ट्रेलियासँग ६४ रनले पराजित भएको हो ।
२८६ रनले लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४४ ओभर चार बलमा सबै विकेट गुमाएर २२१ रन मात्रै बनायो । उसका लागि बेन स्टोक्सले ८९, जोनी बेयस्टोले २७, क्रिस वोक्सले २६ तथा जोस बट्लर र अदिल रशिदले समान २५–२५ रन बनाए ।अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा इंग्ल्याण्ड पराजित भएको हो ।
अस्ट्रेलियाका जेसन बेहरेनडोर्फले पाँच तथा मिचेल स्टार्कले चार विकेट लिए ।यसअघि पहिले ब्याटिङ्ग गरेको अस्ट्रेलियाले सात विकेटको क्षतिमा २८५ रन बनायो । उसका लागि कप्तान एरोन फिन्चले शतकीय पारी खेले । फिन्चले ११६ बलमा १०० रन बनाए । यस्तै डेविड वार्नरले ६१ बलमा ५३ रन बनाए । स्टिभन स्मिथ र एलेक्स केरीले समान ३८–३८ रन बनाए ।
जितपछि सात खेलबाट १२ अंकसहित अस्ट्रेलिया शीर्षस्थानमा पुगेको छ । पराजित भएको इंग्ल्याण्ड चौथो स्थानमा कायम छ ८ अंकसहित, तर उसलाई अन्तिम चारमा स्थान बनाइ राख्नका लागि भने अबका खेलमा राम्रो गर्नु पर्ने हुन्छ । उसलाई बंगलादेशले चुनौती दिइरहेको छ ।
समाचार
थप सामाग्री-
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।
-
स्याङ्जाकी आयुष्मा काफ्लेले राष्ट्रिय वक्तृत्वकलामा सयजनालाई पछि पार्दै चौथो स्थान हासिल ।
-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
२ हप्ता अगाडि
वालिङ : श्रीमान् गुमाएको पीडाले विक्षिप्त बन्दै अस्पतालको बेडमा जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेकी श्रीमतीको पनि अन्ततः चौध दिनपछि…


