बीस वर्षपछि क्याम्पस प्रमुख परिवर्तन
सीता डोटेल/पाल्पा : पाल्पाको पूर्व क्षेत्रको पहिलो क्याम्पस शहिद बहुमुखी क्याम्पसको प्रमुखमा मुरारी प्रसाद काफ्ले नियुक्त हुनुभएकाे छ । निवर्तमान क्याम्पस प्रमुख बासुदेव देवकोटाले लगातार २० बर्ष क्याम्पस प्रमुखको जिम्मेवारीपछि गत जेठ ५ गते सञ्चालक समितिलाई राजीनामा पत्र बुझाउनुभएकाे थियाे ।
कार्यव्यस्तताका कारण जनाउदै सञ्चालक समितिलाई देवकोटाले राजिनामा बझाउनुभएकाे थियाे । राजीनामा स्वीकृत गरेसँगै बसेको क्याम्पस सञ्चालक समितिको बैठकले काफ्लेलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । २०५४ सालदेखि क्याम्पसको प्राध्यापक रहेका काफ्ले २०५८ सालदेखि सहायक क्याम्पस प्रमुख पदमा रहेर काम गर्दै आउनुभएकाे थियाे ।

नवनियुक्त क्याम्पस प्रमुख काफ्लेलाई विहिबार नै निवर्तमान क्याम्पस प्रमुख बासुदेव देवकोटाले पदभार ग्रहण गराउनुभयाे । देवकोटाले वि.स.२०५६ सालदेखि निरन्तर क्याम्पस प्रमुख रहि काम गर्दै आउनुभएकाे थियाे ।
छिमेकी जनविकास माविका स्थायी शिक्षक समेत रहेका देवकोटा क्याम्पस प्रमुख पदमा रहेर विहानको समय क्याम्पसमा पढाउनाले दोहोरो शिक्षणको विषयलाई लिएर केही समयअघि क्याम्पसको विद्यार्थी संगठनले शिक्षाको गुणस्तरका लागि उहाँको राजीनामा माग गरि क्याम्पस प्रशासनमा ताला लगाएको थियो । त्यसपछि केही समयको समझदारीमा ताला खोलिएको थियो ।
पदभार ग्रहण गर्दै नवनियुक्त क्याम्पस प्रमुख काफ्लेले आगामी पहिलो बैठकमा आफ्ना कार्यकालमा गर्ने कार्यक्रम सहितको योजना प्रस्तुत गर्ने बताउनुभयाे । उहाँले निवर्तमान प्रमुखले सुरुवात गरेका राम्रा कार्यक्रमलाई निरन्तरता दिदै कसैलाई बाधा अड्चन नपर्ने गरी सरोकारवाला सबैलाई समेटेर शिक्षा र सचेतनाको विकासमा अघि बढ्ने बताउनुभयाे ।
सोही अबसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवराज ढकाल, उपाध्यक्ष नेत्रप्रसाद भट्टराई, कोषाध्यक्ष सावित्रा गैरे, सदस्य ऋषिराम भट्टराई लगायतले नबनियुक्त क्याम्पस प्रमुख काफ्लेलाई सफल कार्यकालको शुभकामना दिनुभयाे । क्याम्पस सञ्चालक समिति अध्यक्ष देवराज ढकालको अध्यक्षतामा चलेको कार्यक्रको सञ्चालन प्राध्यापक संघका सभापति दयाराम भट्टराईले गर्नुभएको हो ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


