मेयर बिनाको निर्णय कार्यान्वयन नगर्न बेनी नगरपालिकालाई उच्च अदालतको अन्तरिम आदेश ।

आँधीखोला खवर/म्याग्दी :
बेनी नगरपालिकाको जेठ ३ गते बसेको ४० औँ बैठकमा शिक्षा, युवा तथा खेलकुद शाखामा बहुमतले गरेको निर्णयलाई कानुनले अकुश लगाई दिएको छ । मेयर बिनाको बैठक बसि कार्यान्वयनमा ल्याएका निर्णयहरुलाई उच्च अदालतका न्यायाधीश हरि प्रसाद पौडेलका एकल ईजलासले असार १२ गते सम्मलाई उक्त निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

आदेश जारी गरेको १५ दिन भित्र बिवक्षी मध्येका बेनी नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत हकमा उच्च सरकारी वकिल कार्यालय बागलुङ्ग मार्फत र अन्य विपक्षीहरुको हकमा आफै वा आफ्नो कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखिल जबाफको म्याद जारी गरि आदेश दिईएको छ । ३ गतेको निर्णयलाई तत्काल कार्यान्वयन नगर्दैमा बिपक्षीलाई कुनै अपुरणिय क्षति नपुग्ने अवस्था भएकोले उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ । बेनी नगरपालिकामा बहुमतको आधारमा मेयर बिना नै सबै काम गर्ने सक्ने भन्दै बैठकमा निर्णय समेत गराई कार्यान्वयन गराईएको छ ।
आदेश अनुसार कार्यान्वयन भएको सबै निर्णयहरुलाई तत्काल रोकी पहिलाकै ब्यवस्थापन अनुसार कार्यान्वयन गर्ने आदेश आएको नगर प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनु भएको छ । जेठ ३ गते बसेको ४० औँ बैठकमा शिक्षा, युवा तथा खेलकुद शाखामा कर्मचारी व्यवस्थापन गर्ने विषयमा गम्भिर छलफल भएपनि कार्यपालिका सदस्यहरुको बिबादका कारणले नगर प्रमुख हरिकुमार श्रेष्ठले पछि निर्णय गर्ने भनि बैठक स्थगित गरि निस्किएपछि उपमेयर सहितको बहुमतले बैठक सुचारु गरि निर्णय गरेका थिए ।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…