स्याङ्जा—स्वास्थ्य कार्यालयको पीडा कर्मचारी सरुवासँगै हराउँछन् तथ्यांक ।
स्याङ्जा — साबिकको जिल्ला स्वास्थ्य कार्यालयबाट सम्पादन भएका विभिन्न काम र कार्यक्रमको तथ्यांक कर्मचारी सरुवासँगै हराउने गरेको छ । कार्यलय केही महिनाअघि मात्र प्रदेश सरकार मातहत सञ्चालित छ ।
जिल्ला स्वास्थ्य कार्यालयमा तथ्यांक सहायक अधिकृतको जिम्मेवारी समाल्दै आएका राजेन्द्र पराजुलीको सरुवा भएपछि अन्यसँग कुनै तथ्यांक नभएको भन्दै कर्मचारी पन्छिने गरेका छन् । स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत मित्रप्रसाद अर्यालले कम्प्युटर फम्र्याट भएको र तथ्यांक सहायक अधिकृत अन्यत्र सरुवा भएकाले अन्य कर्मचारीसँग अभिलेख नभएको बताउनु भयो ।
‘आआफ्ना फाँटको जिम्मा आफूसँग हुने हो,’ अर्यालले भन्नुभयो, ‘हरेक कार्यक्रमको तथ्यांक राख्ने छुट्टै शाखा थियो । संघीयताले कर्मचारीलाई तितरबितर पार्यो । कतिपय कार्यालयमा भएर पनि मन लगाएर काम गरिएन । गत फागुनसम्म को कहाँ जाने भन्ने मात्र थियो । चैतमा कार्यालय स्थापना भएपछि केही संख्यामा कर्मचारी त छौं तर रनभुल्लमा छौं ।’
कार्यालयमा कार्यक्रम आएको छ । अख्तियारी पनि आएको छ तर कुन काम के गर्ने भन्ने प्रस्ट नहुँदा झन अन्योल थपिएको कार्यालयकी सिनियर अनमी शान्ति अर्याल बताउनुहुन्छ । ‘अहिले पनि कार्यालय आउने र जाने बाहेक अरू काम छैन,’ उहाँले भन्नुभयो ‘कार्यालय समयमा आउँछौं । दिनभरि खासै काम हुँदैन । यसो त्यसो गरेर समय बिताउँछौं र ५ बजेपछि घर फर्किन्छौं ।’ उहाँले जिल्ला स्वास्थ्य कार्यालय हुदाँको काम, व्यस्तता र फिल्ड हिंडिरहनुपर्दाको अवस्था सम्झँदै अहिले समय बिताउन पनि निकै गाह्रो हुने गरेको बताउनुभयो ।
‘पहिले स्वयंसेविका जिल्ला स्वास्थ्य कार्यालयले नै नियुक्ति गथ्र्याे,’ उहाँले भन्नुभयो ‘अहिले तिनै स्वयंसेविकाले हामी गाउँ जाँदा चिन्दैनन् । स्वास्थ्य शिविर लिएर गाउँगाउँमा पुग्दा कहाँबाट आउनुभएको हो भनेर प्रश्न गरिहाल्छ् ।’ अहिले स्वास्थ्य कार्यालयबाट गरिने कार्यक्रम खासै प्रभावकारी नभएको उहाँले बताउनुभयो ।
सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत कार्यालयकी फोकल पर्सन मीनाकुमारी पुन मगरले पनि जिल्ला स्वास्थ्य र स्वास्थ्य कार्यालयको परिभाषा मात्र नभई काम र व्यवहारमै फरक रहेको उहाँको भनाइ थियो ।
कार्यालयमा सहयोगी सहित १५ कर्मचारी छन् । उनीहरू सबै कार्यालय आउने हाजिर लगाउने र समय सकिएपछि घर फर्किनेबाहेक अन्यकाम नहुने कर्मचारी बताउँछन् ।विगतमा हुने व्यस्तता र अहिले हुने फुर्सदले कार्यालयमा कुनै काम नहुने बाध्यता छ । आजको कान्तिपुरमा समाचार छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


