स्वास्थ्यका कर्मचारीले अझै पाएनन् समायोजन पत्र, गुनासो सम्बोधन अन्तिम चरणमा
काठमाडौं । स्वास्थ्य सेवाअन्तर्गतका कर्मचारीले समायोजनको पत्र अझै पाउन सकेको छैन । गुनासो सम्बोधनको काम नसकिँदा उनीहरूले समायोजनको पत्र नपाएका हुन् ।
स्वास्थ्य सेवाअन्तर्गतका २७ हजार ५ सय कर्मचारीको समायोजन प्रक्रिया नटुंगिँदा स्थानीय तहका अधिकांश स्वास्थ्य संस्थामा कर्मचारी अभाव देखिएको छ । समायोजन प्रक्रियामा कर्मचारीले तीव्र असन्तुष्टि देखाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुनासो दर्ता गराउन समय दिएको थियो । ती गुनासोको सम्बोधन हुन नसक्दा उनीहरूको समायोजन हुन नसकेको हो ।
कर्मचारीहरूले पतिपत्नी एकै जिल्लामा समायोजन हुनुपर्ने, नागरिकताका आधारमा समायोजन हुनुपर्नेलगायत माग राख्दै गुनासो फाराम भरेका थिए । स्वास्थ्य सेवाअन्तर्गत २९ वटा समूह छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सबै प्रक्रिया टुंगिएपछि २२ हजार कर्मचारी स्थानीय तहमा पुग्ने बताए । उनले भने, ‘सबै प्रक्रिया टुंगिएपछि तीन हजार कर्मचारी प्रदेशमा जानुपर्छ । २ हजार ५ सय कर्मचारी संघमा बस्नुपर्छ ।’ कर्मचारी अभाव खड्किँदा सेवाग्राहीहरूलाई सेवा प्रवाहमा समस्या देखिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुनासो सुनुवाइ अझै नसकिएको बताएको छ । मन्त्रालयका प्रवक्ता भुपाल बरालका अनुसार सातवटा टोली गठन गरेर कर्मचारीको गुनासो सुनुवाइ भइरहेको छ ।
‘गुनासो सुनुवाइ अन्तिम चरणमा पुगेको छ । तीन–चार दिनभित्र गुनासो सुनवाइ सकिएला । अब छिट्ट सक्ने गरी काम अघि बढिरहेको छ,’ मन्त्रालयका प्रवक्ता बरालले भने ।
आजको राजधानी दैनिकमा समाचार छ ।
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


