सुनौलो हजार दिनका महिलाहरुलाई अण्डा वितरण ।
आँधीखोला खवर/ वालिङ :
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्वर ९ ले वडाभित्रका सुनौलो हजार दिनका २३० महिलालाई अण्डा वितरण गरेको छ । वडाभित्र रहेका सुनौलो हजार दिनका महिलाहरुलाई एक÷एक क्यारेट अण्डा वितरण गर्नुका साथै उनीहरुको क्षमता अभिबृद्धि र पोषणसम्बन्धी जानकारी गराईएको वडा अध्यक्ष बसन्तकुमार श्रेष्ठले बताउनुभयो ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्वर ९ ले वडाभित्रका सुनौलो हजार दिनका २३० महिलालाई अण्डा वितरण गरेको छ । वडाभित्र रहेका सुनौलो हजार दिनका महिलाहरुलाई एक÷एक क्यारेट अण्डा वितरण गर्नुका साथै उनीहरुको क्षमता अभिबृद्धि र पोषणसम्बन्धी जानकारी गराईएको वडा अध्यक्ष बसन्तकुमार श्रेष्ठले बताउनुभयो ।
महिला, बालबालिका, दलित, अपाङ्ग तथा सुनौलो हजार दिनका आमाको पोषणसम्बन्धी कार्यक्रम अन्तर्गत वडाबाट बिनियोजित रु एक लाख ५० हजार रकमले यो कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । “सुनौलो हजार दिनका आमा र वच्चाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै वडाले अण्डा वितरण अभियान सञ्चालन गरेको हो” वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो, “यो अभियानलाई हामीले आगामी दिनमा पनि निरन्तरता दिंदै जाने छौं ।”
सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्यमा टेवा पु¥याउने गरी योजना बनाई रकम बिनियोजन गर्ने वडा कार्यालयले जनाएको छ ।
गर्भवती वा सुत्केरी अवस्थामा आमा र बच्चाको स्वास्थ्यप्रति अति नै सजग रहनुपर्ने भएकाले पनि वडाले सुनौलो हजार दिनका आमाहरुलाई पोषणसम्बन्धी सचेतना तथा अण्डा वितरण गरेको वडा सचिव देवी रेग्मी पौडेलले बताउनुभयो ।
सुनौलो हजार दिनका आमाहरुलाई सचेतना कार्यक्रममा विशेष गरी घरमै उत्पादन भएका पौष्टिक तत्वहरुको अधिकतम प्रयोग गर्नतर्फ अभिप्रेरित गरिएको वडा सचिव पौडेलले बताउनुभयो । बच्चा आमाको गर्भमा रहेको दिनदेखि एक हजार दिन अर्थात् जन्मिएको दुई वर्षसम्ममा बच्चाको ८० प्रतिशत मस्तिष्कको विकास भइसक्ने भएकाले सुनौलो हजार दिन अन्तर्गत खास गरेर बच्चामा कुनै पनि किसिमको कुपोषण नदेखियोस् भन्ने हेतुले अण्डा वितरण कार्यक्रम सञ्चालन गरेको वडा कार्यालयले जनाएको छ । सोही कार्यक्रममा अपाङ्गता भएका वडाभित्रका १५ जनालाई जनही रु २ हजार ५ सयका दरले आर्थिक सहयोग गरेको वडा सचिव पौडेलले बताउनुभयो ।
कार्यक्रममा दियालो गैर सरकारी संस्थाका अध्यक्ष कविता गैह्रे, वालिङ नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी मणि पंगेनी लगायतले मन्तब्य राख्नुभएको थियो ।
वडा नं. ९ ले यसअघि वडाभित्रका ब्यवसायिक कृषकहरुलाई टनेल वितरण गरेको थियो भने आमा समूहहरुलाई त्रिपाल सहयोग गरेको थियो ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…