हेटौंडाबाट डेढ किलाे सुनसहित एक जना पक्राउ
मकवानपुर – मकवानपुर प्रहरीले एक केजी ६ सय ४९ ग्राम ८ सय ९० मिलिग्राम अवैध सुनसहित एक जनालाई हेटौंडाको रातोमाटेबाट पक्राउ गरेको छ ।

काठमाण्डौबाट वीरगन्जतर्फ जाँदै गरेको ना ८ ख ३७९२ नम्बरको यात्रुबाहक बसलाई जाँच गर्ने क्रममा सुनसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो । सुनसहित भोजपुर षडानन्द नगरपालिका वडा नम्बर ४ वस्ने २९ वर्षीय किशोर ल्वागुन बिकलाई पक्राउ गरिएको हो ।
उनको दुवै खुट्टाको जुत्ताभित्र पैतालामुनि केही सुनका पाता राखेका थिए । अरु केही सुन उनले लगाएको पाइन्टको खल्तिमा राखेर निकासी गर्न लागेका थिए ।
निकासी गर्न लागिएको सुन भन्सार छली अवैध रुपमा ल्याइएकोले बरामद गरिएको सिंहले पत्रकार समेतलनमा जानकारी गराउनुभयो । आजको बजार दर अनुसार ८५ लाख ८६ हजार २६ रुपैयाँ मूल्य पर्ने सुन बरामद गरिएको हो ।
पक्राउ परेका बिक र सुनको थप अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग पथलैयामा पठाइएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


