पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडकखण्ड आजदेखि दैनिक ९ घण्टा बन्द
आँधीखोला खवर : पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडकखण्डमा बिहीबारदेखि १४ दिनसम्म दैनिक ९ घण्टा गाडी चलाउन रोक लगाइएको छ ।
मुग्लिनबाट तनहुँ जोड्ने निर्माणाधीन नयाँ पुलको दुवैतर्फको सडक सतहमा टेवा पर्खाल लगाउने तथा सडक कालोपत्रे गर्नुपर्ने भएकाले दिउँसो ४ घण्टा र राति ५ घण्टा सडक बन्द गर्न लागिएको पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले जनाएको छ ।
सेक्टरका अनुसारका बिहीबारदेखि आउँदो ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।नयाँ पुलको दुवैतर्फको सडकमा काम हुँदा पुरानो पुलबाट पनि गुड्ने गाडी पनि अवरोध हुने भएकाले दैनिक ९ घण्टा सडक बन्द गर्न लागिएको सडक विभागले जनाएको छ ।
यो सडकखण्ड दैनिक ९ घण्टा बन्द हुँदा पोखरा, गोरखालगायत गण्डकी प्रदेशमा ओहोरदोहोर गर्ने यात्रुलाई समस्या भए पनि नारायणगढ–मुग्लिन सडकखण्डमा भने यसको असर नपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
मुख्य बाटो बन्द हुँदा नारायणगढ मुग्लिन सडकखण्ड हुँदै चल्ने गाडी चापमा चल्नुपर्नेछ । मुग्लिनमा बनिरहेको नयाँ आर्क ब्रिज छिट्टै सञ्चालनमा आउने पनि सडक विभागले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


