कफी मूल्य श्रृंखला विकास परियोजनाको समिक्षा
भवानी अधिकारी/स्याङ्जा :
ब्यूटिफुल कफी नेपालले कफी मूल्य श्रृंखला विकास परियोजनाको बार्षिक समिक्षा गोष्ठी गरेको छ ।
समिक्षा गोष्ठीको उदघाटन गर्दे जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले स्याङ्जालाई कफीका माध्यमबाट संसारभर चिनाउन र यहाका किसानलाई ब्यावसायिक बनाई आर्थिकोपार्जन गर्न ब्यूटिफुल कफी नेपालको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । साथै, उहाले कफीका लागि स्याङ्जाको हावापानी अत्यन्त राम्रो भएकाले वाँझा जग्गाजमिनलाई सहीसदुपयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख लोकेन्द्र बोहोरा, सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरी, सुन्तला सुपरजोन कार्यालय प्रमुख मदनकुमार श्रेष्ठ, कफी ब्यावसायी संघका अध्यक्ष ख्यामनारायण शर्मा, बिरुवा गाउपालिका ४ का अध्यक्ष सोमनाथ शर्मा, फेदिखोला २ का अध्यक्ष हिमालयजंग बानिया, च्याम्बर अफ कमर्शका महासचिव लोकनाथ रेग्मी, सांग्रीला कफी सहकारी संघ अर्जुनचौपारी ६ का तीलकुमारी पौडेल लगायतले कफी रोपणदेखि टिपाईसम्मका कार्यमा ब्यूटिपूmल कफी नेपालको उल्लेख्य सहयोग रहेको बताउनुभयो ।
जिल्ला कफी सहकारी संघका अध्यक्ष फणिनारायण अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्यूटिफुल कफी परियोजना रामशरण लिमिल्सिनाले स्वागत एवं कार्यक्रम संयोजक दिपेन्द्र अर्यालले बार्षिक गतिबिधिका बारेमा कार्यपत्र र ब्यवस्थापक माया तिवारीले कार्यक्रम संचालन गर्नुभएको थियो ।
गुड नेवर्स इन्टरनेशनल र यूरोपियन यूनियनको आर्थिक सहयोगमा संचालित सो परियोजना अन्र्तगत स्याङ्जामा २ बर्ष कार्यक्रम संचालन भएको हो । परियोजना कास्की, स्याङ्जा, पाल्पा, गुल्मीलाई कार्यक्षेत्र बनाएर ६० वटा प्रारम्भिक कफी उत्पादक सहकारी मार्फत काम गरेको थियो । प्रत्येक जिल्लामा १५÷१५ वटा प्रारम्भिक कफी उत्पादक सहकारी छन भने झण्डै ३ हजार भन्दा बढी कफी किसानलाई प्रत्यक्ष फाइदा पुगेको ब्यूटिफुल कफी नेपालले जनाएको छ ।
परियोजना मार्फत अघिल्लो बर्ष सन् २०१७÷०१८ मा १० वटा नर्सरीबाट ४५ हजार र सन २०१८÷०१९ मा ४० हजार ५ सय कफीका बिरुवा उत्पादन गरेको थियो ।
समिक्षा गोष्ठीमा परियोजना कार्यक्षेत्र अन्र्तगतका १५ वटै कफी उत्पादक सहकारी संस्था लिमिटेडका पदाधिकारी लगायत सरोकारवालाहरुको सहभागिता थियो ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …