स्याङ्जामा आजबाट स्वास्थ्य बीमा गराएकाहरुको उपचार शुरु
तोलाकान्त बगाले / वालिङ :
स्यस्वास्थ्य बीमा गराएका बिमितको बुधबारबाट स्याङ्जाका स्वास्थ्य संस्थामा उपचार शुरु भएको छ । गत चैत मसान्तसम्म स्वास्थ्य बीमाको फारम भरेका बिमितलाई जिल्लाका दुई अस्पताल र तीन स्वास्थ्य केन्द्र गरी पाँच वटा स्वास्थ्य संस्था मार्फत उपचार सेवा शुरु भएको हो ।
ग्रहौं घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पहिलो विन्दुका रुपमा रहेर उपचार गराउन आउनु भएकी पहिलो बिमित सेवाग्राहीलाई स्वागत गरी वालिङमा स्वास्थ्य बीमा उपचारको शुभारम्भ गरिएको हो ।

उपचार गराउन आउनुभएकी वालिङ नगरपालिका ४ की ४९ वर्षीया प्रेमकुमारी खनाललाई वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले स्वास्थ्य केन्द्रमा स्वागत गरी यस कार्यको शुभारम्भ गर्नुभएको हो ।
स्वास्थ्य उपचार सेवाको शुभारम्भ गर्दै नगर प्रमुख खाँणले गुणस्तरीय स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचसम्म पु¥याउन स्वास्थ्य बीमाले सहयोग गर्ने बताउनुभयो । उहाँले सामान्य स्वास्थ्य समस्याकै कारण उपचार नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास ब्यक्त गर्दै स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनसमेत आग्रह गर्नुभयो ।
त्यस्तै उता बिमितलाई पहिलो बिन्दुको रुपमा जिल्ला अस्पताल स्याङ्जा, चापाकोट अस्पताल सहित ग्रहौं घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङ, मालुङ्गा स्वास्थ्य केन्द्र र पञ्चमुल स्वास्थ्य केन्द्र गरी पाँच वटा स्वास्थ्य संस्थाको ब्यवस्था गरिएको छ भने त्यहाँ उपचार हुन नसकेमा रिफरल प्रणाली मार्फत दोस्रो बिन्दुको रुपमा लुम्बिनी मेडिकल कलेज पाल्पा, गण्डकी मेडिकल कलेज, मनिपाल शिक्षण अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा रहेका दर्ता अधिकारी ध्रुब हमालले बताउनुभयो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


