स्थापना दिवसका अवसरमा रोयल को–अपरेटिभद्धारा फरक क्षमताका विद्यार्थीलाई सहयोग ।
प्रकाश डोटेल / स्याङ्जा :
स्याङ्जा सदरमुकाम पुतलीबजारमा २०५९ सालदेखि संचालनमा आएको रोयल को–अपरेटिभ सोसाईटी लि. को १८ औं स्थापना दिवसका अवसरमा फरक क्षमता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री विरतण गरेको छ । पुतलीजार नगरपालिका ३ बाडखोलामा रहेको चण्डिकालिका बहिरा आधारभूत विद्यालयमा अध्ययनरत २२ जना फरक क्षमताका विद्यार्थीलाई आफ्नो स्थापना दिवसमा रोयलले शैक्षिक सामाग्री स्वरुप कपी, कमल लगाएतका सामाग्री वितरण गरिएको हो ।

शैक्षिक सामाग्री विरतण कार्यक्रमा पुतलीबजार नगरपालिका ३ का वडाअध्यक्ष अमृत श्रेष्ठले गरिबी निवारणमा सहकारीहरुको भूमिका प्रभाबकारी बन्दै गएको बताउनुभयो । सहकारीहरुले सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न रचनात्मक कार्य संचालन गर्दै आएकोमा उहाँले प्रशंसा समेत गर्नुभयो ।
त्यस अवसरमा सोहि वडाका वडा सदस्य तेजप्रसाद शर्मा, विद्यालयका पूर्व अध्यक्ष अमिरबक्स मियाँ, संस्थाका प्रबन्ध निर्देशक केशवराज लम्सालले फरक क्षमताको विद्यार्थीको प्रोत्साहनमा संस्थाले पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए । उनीहरुले हरेक क्षेत्रमा सहयोगको भावनाको विकास गर्नुपर्ने समेत विचार व्यक्त गरे ।

संस्थाका अध्यक्ष भरतप्रसाद लम्सालको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रमा संचालन शिक्षा समितिका सदस्य प्रकाश डोटेलले गर्नु भएको थियो भने स्वागत संचालक कुलानन्द लम्साल र धन्यवाद प्रबन्ध शान्ति ढकाल अर्यालले गर्नु भएको थियो ।

रोयलले १७ वर्षको अवधिमा जिल्ला सदरमुकाममा करिब १ रोपनी जग्गा खरिद गरि झण्डै ४ करोड ५० लाखको लागतमा सुविधा सम्पन्न भवन बनाएको छ । कुलपुँजी ३ करोड ७४ लाख रहेको सहकारीको झण्डै २५ करोडको कारोबार गरेको छ ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


