राष्ट्रपतिद्वारा बुद्धजयन्ती तथा लुम्बिनी भ्रमण वर्ष कार्यक्रम उद्घाटन
आँधीखोला खवर :
राष्ट्रपति विद्यादेवी भण्डारीले २५६३ औं बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रमको उद्घाटन गर्नुभएको छ । सेनाको हेलिकप्टरमार्फत लुम्बिनीस्थित सम्मेलन हलमा पुगेकी राष्ट्रपति भण्डारीले कार्यक्रममको उद्घाटन गर्नुभएको हो ।
यसअघि बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी ग्राममा वृक्षारोपणसँगै २५६३ औं बुद्धजयन्तीको दिनको शुभारम्भ गर्नुभएको थियो ।
लुम्बिनी विकास कोषले हरेक वर्ष आयोजना गर्ने बुद्ध जयन्ती तथा प्रदेश नम्बर पाँच सरकारले पहिलो पटक आयोजना गरेको लुम्बिनी भ्रमण वर्षको उद्घाटन कार्यक्रमसँगै हुने भएपछि लुम्बिनीमा त्यसको व्यापक तयारी गरिएको छ।
उद्घाटन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँगै प्रदेश पाँच सरकारका मुख्यमन्त्री शंकर पोखरेललगायतले सम्बोधन गरेकाछन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


