राष्ट्रपतिद्वारा बुद्धजयन्ती तथा लुम्बिनी भ्रमण वर्ष कार्यक्रम उद्घाटन

आँधीखोला खवर :
राष्ट्रपति विद्यादेवी भण्डारीले २५६३ औं बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रमको उद्घाटन गर्नुभएको छ । सेनाको हेलिकप्टरमार्फत लुम्बिनीस्थित सम्मेलन हलमा पुगेकी राष्ट्रपति भण्डारीले कार्यक्रममको उद्घाटन गर्नुभएको हो ।

यसअघि बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी ग्राममा वृक्षारोपणसँगै २५६३ औं बुद्धजयन्तीको दिनको शुभारम्भ गर्नुभएको थियो ।

लुम्बिनी विकास कोषले हरेक वर्ष आयोजना गर्ने बुद्ध जयन्ती तथा प्रदेश नम्बर पाँच सरकारले पहिलो पटक आयोजना गरेको लुम्बिनी भ्रमण वर्षको उद्घाटन कार्यक्रमसँगै हुने भएपछि लुम्बिनीमा त्यसको व्यापक तयारी गरिएको छ।

उद्घाटन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँगै प्रदेश पाँच सरकारका मुख्यमन्त्री शंकर पोखरेललगायतले सम्बोधन गरेकाछन् ।

Facebook Comments Box
TOP