फेवातालको संरक्षणमा सरकार लागि परेको छ: मुख्यमन्त्री गुरुङ
आँधीखोला खवर/पोखरा,
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराको पर्यटनमा महत्वपूर्णस्थान ओगटेको फेवातालको संरक्षणमा सरकार लागि परेको बताउनु भएको छ । पोखरा १७ ड्यामसाइडस्थित फेवातालको किनारामा निर्माण गरिने माछापुच्छ्रे हिमाल प्रतिविम्बित पार्क शिलान्यास गर्दै उहाँले यहाँका पर्यटकीय सम्भावनालाई ऊजागर गर्न सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ भन्नुभयो । फेवातालको संरक्षणका लागि सर्वोच्च अदातलको आदेश कार्यान्वयनमा आफूहरु प्रतिबद्ध रहेको मन्त्री सुब्बाले जानकारी दिनुभयो । विकासका निर्माणाधीन योजनाको गुणस्तरीयताका साथै समयमै सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध छ भन्दै उहाँले निर्माण कम्पनीले आप्mनो दायित्व तथा जिम्मेवारीलाई आत्मसात् गर्नुपर्ने धारणा राख्नुभयो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पार्क निर्माण गरी सञ्चालनमा आएसँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाद्धारा संयुक्तरुपमा निर्माण गरिने ८० फिट अग्लो राष्ट्रिय झण्डासहितको सो पार्कका लागि चार करोड लाग्ने महानगरका प्रमुख इञ्जिनीयर शोभियत खड्काले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


