नेपालमा पहिलो पटक मानिसमा ‘बर्ड फ्लू’, एक जनाको ज्यान गएको पुष्टि
१९ वैशाख काठमाडौं । नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु भेटिएको छ । बर्ड फ्लुबाट काभ्रेमा एक युवकको मृत्युसमेत भएको छ ।
स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको हो । ती युवकको परिचय गोप्य राखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ज्वरो र रुघाखोकीबाट पीडित भएपछि ती युवक चैत १० गते अस्पताल भर्ना भएका थिए । भोलिपल्ट उनको घाँटीको र्याल परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइयो । सोही दिन उनलाई इन्फ्लुयन्जाविरुद्धको औषधिसमेत दिइएको थियो । तर, १५ चैतमा उनको उपचारकै क्रममा मृत्यु भयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणले भाइरसको प्रकार पत्ता लागेन । त्यसपछि विश्व स्वास्थ्य संगठन जापानस्थित प्रयोगशालामा र्यालको नमूना पठाइएको थियो ।
वैशाख १७ गते प्राप्त नतिजामा इन्फ्लुएन्जा ए एच फाइभ एन वान संक्रमण भएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एच फाइभ एन वानबाट मानिस संक्रमित भएको नेपालमै पहिलो पटक हो ।
मन्त्रालयका अनुसार अरु विरामीमा भने एच फाइट एन वानको संक्रमण देखिएको छैन । एच फाइट एन वान भाइरसले पंक्षीबाट संक्रमण गर्छ र कहिले काहीँ पक्षीबाटै मानिसमा समेत सर्छ ।
यो भाइरस पहिलो पटक १९९६ मा पत्ता लागेको थियो । विश्व श्वास्थ्य संगठनका अनुसार २००३ देखि हालसम्म विश्वभर ८६० जनामा एच फाइट एन वान भाइरसको संक्रमण भएको छ । त्यसमध्ये आधा जत्ति (४५४) मानिसको मृत्यु भएको तथ्यांक छ । तर, अहिलेसम्म एच फाइभ एन वान भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि भने भएको छैन ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


