टिका—रोमा कोइराला स्मृति कोषले बाँड्यो वालिङ क्याम्पसका छात्रछात्रालाई छात्रबृत्ति ।
श्रीकृष्ण सिग्देल/ वालिङ :
जिल्लाकै अग्रणी शैक्षिक संस्था वालिङ बहुमुखी क्याम्पसका छात्रछात्रालाई एक कार्यक्रमका विच छात्रबृत्ति वितरण गरिएको छ । टिका—रोमा कोइराला स्मृति कोषको ५ औं बार्षिकोत्सवको अवसरमा क्याम्पसका ८ जना छात्रछात्रालाई छात्राबृत्ति प्रदान गरेको हो । शैक्षिक व्याक्तित्व दिनेशकुमार कोइरालाका आमा टिका र श्रीमति रोमाको नामबाट खडा गरिएको उक्त कोषले वालिङ नगरपालिका भित्र रहेका शैक्षिक संस्था, कलाकार, पत्रकार, अपाङ्ग र जेष्ठ नागरिकलाई सम्मान साथै छात्राबृत्ति वितरण गर्दै आएको छ । यो बर्ष प्राविधिक शिक्षा लिने विद्यार्थीलाई छात्राबृत्ति वितरण गरिएको कोषका अध्यक्ष दिनेशकुमार कोइरालाले जानकारी दिनुभयो ।
छात्राबृत्ति वितरण गर्दै गण्डकी प्रदेश विधायन समितिका सभापति मोहन रेग्मीले छात्रबृत्तिले विद्यार्थीहरुमा शैक्षिक मनोवल बढ्ने बताउनुभयो । रोजगार र व्यवसायीक शिक्षा आजको विषय भएकाले प्रदेश सरकार त्यसमा नै जुटीरहेको छ सभापति रेग्मीले भन्नुभयो,“सरकारको एकल प्रयासले मात्रै नभएर शिक्षक, अभिभावक र विद्यार्थीको पनि सहयोग आवश्यक छ ।” गुणस्तरीय शिक्षा प्रदान गर्नु शिक्षकको आवश्यकता हो भने पढाईमा अनुशासन हुनु विद्यार्थीको कर्तव्य हो रेग्मीले भन्नुभयो । वालिङ बहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष समेत रहेका रेग्मीले टिका—रोमा कोइराला स्मृति कोषलाई कुनै न कुनै विधामा यो क्याम्पसलाई सम्झीरहन आग्रह गर्नुभयो ।
छात्राबृत्ति वितरण कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख सचिदानन्द यादव, वालिङ १३ का वडा अध्यक्ष आनन्द पाठक, जनक तिवारी, एकनारायण गैह्रेले बृहत उदेश्य राखेर स्थापना गरिएको कोषले समाजमा महत्वपूर्ण भुमिका खेल्नेमा विश्वास व्यक्त गरे । ८ जना विद्यार्थीलाई जनही रु ५ हजारका दरले नगद सहित प्रमाणपत्र वितरण गरिएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


