छात्राहरुलाई सेनेटरी प्याड वितरण
कला राना/वालिङ :
वालिङ नगर पालिका वडा न ५ को जगत भञ्ज्याङ स्वास्थ्य चौकिले छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । महेन्द्र माध्यमिक विद्यालय थानचौरमा अध्यनरत छात्राहरुको लागि ६४० थान सेनेटरी प्याड वितरण गरेको हो । महिनावारीकै कारण छात्राहरु विद्यालय छाड्न बाध्य हुनुपरेको अवस्थामा प्याड वितरण कार्यक्रमले केहि राहत मिलेको छ ।
स्वास्थ्य चौकी प्रमुख इन्द्र प्रसाद भट्टराइले भन्नुभयो,“हाम्रो समाजमा महिनावरी हुँदा भिन्नै व्यवहार गरिने चलन छ । महिनावारी स्वच्छता नहुँदा त्यस्ता समयमा छात्राहरु महत्वपुर्ण क्लासहरु छुटाउनुपरेको छ, विद्यालय छाड्नुपर्ने अवस्था यस्ता समस्यालाई ध्यानमा राख्दै प्याड वितरण गरेका हौँ ।”महिनावरी कुनै श्राप नभै प्राकृतिक नियम भएकाले यस्तो समयमा सरसफाई तथा स्वच्छतामा ध्यान पु¥याउन सकियो भने छात्राहरु सहज रुपमा विद्यालय आउन सक्ने वडा अध्यक्ष ढाकाराम पंगेनीले बताउनुभयो ।
अध्यक्ष पंगेनीले भन्नुभयो, “स्वास्थ्य चौकिको यो कार्य सह्रानिय छ । छात्राहरुलाई निरन्तर विद्यालय आउने वातावरण सिर्जना भएको छ । हरेक विद्यालय छात्रामैत्रि हुनु आवश्यक छ ।” प्रधाध्यपक गोपालधन सुबेदीले स्वास्थ्य चौकी प्रति आभारी व्यक्त गर्दै यस्ता कार्यक्रमले अध्ययनमा समेत सकरात्मक प्रभाव पार्ने बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


