घरेलु मदिरा नियन्त्रणमा स्याङजा प्रहरीले वढायो सक्रियता ।
आँधीखोला खवर/ स्याङजा :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध घरेलु मदिा नियन्त्रण गरी नष्ट गर्ने अभियानलाई तिव्रता दिएको छ । यसैक्रममा आज पुतलीबजार नगरपालिकाको विरेन्द्रनगर, राङखोला, कुमालगाउँ लगायतका स्थानहरुबाट प्रहरीले अवैध घरेल मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको हो ।

प्रहरीले विरेन्द्रनगरमा १ सय ८० लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ, ७५ लिटर तयारी मदिरा, राङखोलामा २ सय ५० लिटर कच्चा पदार्थ र ८५ लिटर तयारी मदिरा र कुमाल गाउँमा ६ सय ५५ लिटर कच्च पदार्थ बरामद गरी नष्ट गरेको छ । तिनै स्थानबाट १ हजार ८५ लिटर कच्चा पदार्थ र १ सय ६० लिटर मदिरा नष्ट गरेको हो ।
यसअघि चापाकोटमा ५ सय ६५ लिटर मदिरा र सय लिटर कच्च पदार्थ, फेदिखोलामा १ सय ५० लिटर मदिरा र ३ सय ५० लिटर कच्चा पदार्थ, केवरेमा २७ लिटर मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


