गल्याङ नगरपालिकाका ११ वटै वडामा साक्षरोत्तर कार्यक्रम शुरु
नारायण विश्वकर्मा/गल्याङ्,
गल्याङ सामुदायिक सिकाई केन्द्र र गण्डकी प्रदेशको आयोजनामा गल्याङ नगरपालिकाका ११ वटै वडामा साक्षरोत्तर कार्यक्रम शुरु भएकोछ । पहिलो चरणमा वडा नम्बर–३, बाट साक्षरताको लागि कार्यक्रम सुरु गरिएको छ । पहिलो चरणको कार्यक्रममा धेरैजसो दलित समुदायको सहभागिता रहेको थियो । पाँच जना प्रशिक्षार्थी रहने साक्षरोत्तर कार्यक्रममा एउटा वडाबाट १५ जना सर्वसाधरण सहभागी हुन पाउने बताईएको छ ।
कार्यक्रममा गल्याङ सामुदायिक सिकाई केन्द्रका कार्यवाहक अध्यक्ष कुल वहादुर विश्वकर्माले सहभागीलाइ परिणाम आउने गरि सिप सिक्न आग्रह गर्नुभयो ।
उहाँले समाजमा पछि परेका समुदायहरुको आफ्नो क्षमता वृद्धिका लागि पनि यो अवसर भएको बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरकार्यपालिका सदस्य सुमित्रा खड्का, गल्याङ उद्योग वाणिज्य संघका सदस्य अनिल परियार (परिश्रमी), सिर्जना समर्थन आमा समुहकी अध्यक्ष सुकमाया सुनार लगाएतले बोलेका थिए । कार्यक्रममा सहजिकरण प्रकृति रानाभाटले गर्नुभएको थियो ।
सामुदायिक सिकाई केन्द्र गल्याङका सदस्य अर्जुन रानाभाटको सञ्चालनमा भएको कार्यक्रममा स्वागत मानव समानता आमा समुहकी अध्यक्ष प्रतिमा विश्वकर्माले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


