स्याङ्जाली समाज पाल्पाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा भट्टराई चयन ।

आँधीखोला खवर / पाल्पा :
स्याङ्जाली समाज पाल्पाको प्रथम अधिवेशन शनिबार तानसेनमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै पूर्व उद्योगमन्त्री तथा सङघीय संसद सोमप्रसाद पाण्डेले समाजले अब पाल्पा र स्याङ्जाको विकासमा हातेमालो गर्नुपर्ने बताउनुभयो । स्याङ्जा र पाल्पा नङ र मासुको सम्बन्ध रहेको भन्दै उहाँले दुई जिल्लाले कतिपय विकास निर्माणका काममा संमन्वय गर्न आवश्यक रहेको बताउनु भयो ।

समाजका अध्यक्ष घनश्याम भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाही, नेकपाका नेता कमलराज पाण्डे, नेपाली काङ्ग्रेसका सचिव झपेन्द्र गहिरे, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष रेबन्त विष्ट, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठ, पाल्पा व्यापार संघका अध्यक्ष चीरन्जीवी पोखरेल, गल्याङ उद्योग बाणिज्य संघ स्याङ्जाका सचिव यज्ञ अर्याल, नेपाल पत्रकार महासङ्घका सल्लाहकार गोविन्द भट्टराई लगायतले शुभकामना दिएका थिए । कार्यक्रम संयोजक तथा समाजका सहसचिव मिलन विश्वकर्माले स्वागत गरेको कार्यक्रममा सचिव भविन्द्र गौतमले संचालन गर्नु भएको थियो । यसैबीच अधिवेशनले घनश्याम भट्टराईको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको बरिस्ठ उपाध्यक्षमा गोपाल बश्याल, महिला उपाध्यक्षमा मन्जु रेग्मी, उपाध्यक्षमा भबिन्द्र गौतम, सचिवमा मिलन विश्वकर्मा, सह—सचिवमा मिना थापा र कोषाध्यक्षमा रामप्रसाद भट्टराई रहनु भएको छ । समितिको सदस्यमा हरिबोल भट्टराई, नारायण न्यौपाने, विष्णु पाण्डे , मदनराज पाण्डे, कृष्णकला भण्डारी , मित्रलाल नेपाली , विजयप्रकाश आले, कृष्ण प्रसाद पाण्डे, प्रकाश न्यौपाने, कमला सोमै, सुमित्रा बश्याल, छबिलाल पाठक, अम्बिका पाण्डे, तुलसा पाण्डे रहनु भएको छ ।

समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


