स्याङजामा ५ जना मलेरियाका बिरामी भेटिए ।

malaria-is-passed-on-by-the-anopheles-mosquito

आँधीखोला अवर/स्याङजा,
आर्थिक बर्ष २०७५÷७६ मा स्याङ्जामा ५ जना मलेरिया (औलो ) रोगको रोगी भेटिएका छन् । गत आर्थि बर्षमा ६ जना भेटिएको यस आर्थिक बर्षको चैत्र मसान्त सम्म ५ जना बिरामी भेटिएका हुन् । यस आर्थिक बर्षमा पुबनपा १३ मा एक जना र गल्याङ नगरपालिकामा ४ जना रोगी भेटिएको हो । सामाजिक बिकास मन्त्रायल स्वास्थ्य निर्देशनालयले औलो दिवसको अवसरमा पुबतलिबजार नगरपालिका १ मा स्याङ्जामा गरेको अन्र्तक्रियामा डा काशी खतिवडाले गण्डकी प्रदेशको कास्कीमा औलो रोगको धेरै प्रभाब रहेपनि स्याङ्जामा सामान्य रहेको बताउनुभयो । उहाँले औलोका मुख्य प्रभावित कास्की र रुपन्देहीको बिचमा रहेको स्याङ्जा सुरक्षित भने नरहेको बताउनुभयो । गर्मी र पानी पर्ने समयमा धेरै मलेरियाका रोगी भेटिने बताउदै डा खतिवडाले मानिस आवत जावतमा मलेरिया रोगी आउने र यहाका नागरिकमा सर्ने बताउनुयो । उहाँले मलेरिया रोग लाग्दा काम ज्वरो हुदै उच्च ज्वरो र पहिलाको अवस्थामा आउने, रुखा खोकी लाग्ने, गाइरिया, वान्ता हुने बताउनुभयो । मलेरिया पोथी जातको एनाफेलेक्स जातको लाङखुट्टेबाट सर्ने बताउदै डा खतिवडाले रोगका कारण मृगौला फेल, फियो बढ्ने, कोमा जाने, मृत्यु समेत हुने बताउनुभयो । एनाफेलेक्सले टोकेको ७ देखि ३० दिनमा मलेरिया देखिने बताउदै डा खतिवडाले जति चाडो रोग देखिन्छ त्यती खतरनाक भएको बताउनुभयो । रोगको निदानको लागी सरकारी स्वास्थ्य चौकीमा निशुल्क मलेरियाको औषधी पाउने बताउदै डा खतिवडाले रोग उपचार भन्दा पनि लाग्न नदिन लाङखुट्टेको टोकाईबाट बच्नु उपयुुक्त भएको बताउनुभयो । कार्यक्रममा पुतलिबजार नगरपालिका निमित्त प्रमुख प्रसासकिय अधिकृ दयारम गौतम, पत्रकार महासंघका अध्यक्ष ओम प्रकाश शर्मा लगायतले मन्तब्य राख्नु भएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यम प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन मित्र प्रसाद अर्यालले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP